नेपालगञ्ज उपमहानगरले थाल्याे छाडा पशु व्यवस्थापनको पहल
नेपालबहस संवाददाता
भदौ २४, २०७९ शुक्रबार २२:४४:५५
२४ भदौ, खजुरा । नेपालगञ्ज सहरमा छाडा पशु चौपायाको समस्या समाधानका लागि पहल सुरुआत भएको छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायको दीर्घकालीन र अल्पकालीन समाधानका लागि योजना निर्माण गरेको छ ।
बैठकको निर्णयअनुसार यही भदौ महिनाभित्र पशु चौपाया (गाई, गोरु, गधा, खच्चड, घोडा, बङ्गुर) सडकमा छाडा नछोड्न आग्रह र माइकिङसहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ ।
भदौ मसान्तपछि पशु चौपाय छाडा छोड्नेलाई कारबाही गर्ने र यसरी छोडिएका पशु चौपायालाई राख्नका लागि अस्थायी संरचना बनाएर व्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए।
छाडा पशुु चौपायका कारण नगरको ट्राफिक व्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायलाई अन्यत्र राखेर अल्पकालिन व्यवस्थापनमा तत्काल जुटेको बताए ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सीमानाका पारीबाट छाडा पशु चौपाया आउन नदिनका लागि सीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताए । ट्राफिक ब्यवस्थापन र नगरको सौन्दर्यताका लागि छाडा पशु चौपायको ब्यवस्थापन आवश्यक भएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायको व्यवस्थापनका लागि अन्तर पालिकासँग समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताए।
नेपालगञ्ज नगर उपप्रमुख कमरुद्धिन राईले छाडा पशु चौपायको व्यवस्थापनका लागि उपमहानगरपालिका अब कडाइका साथ प्रस्तुत हुने बताए। नेपालगञ्जमा छाडा छोडिएकामध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर कांजी हाउसमा राखे पनि लिन कोही नआउने कांजी हाउसका कर्मचारीको भनाइ छ ।
गधा, खच्चड र घोडा भने जरिवाना तिरेर पनि घरधनीले ल्याउने गरेका छन । छाडा पशु चौपाय कांजी हाउससहित अन्य अस्थायी संरचना तत्काल बनाएर राखिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार