फोहरबाट ग्यास उत्पादन हुने
नेपालबहस संवाददाता
भदौ २५, २०७९ शनिबार १२:३८:३०
२४ भदौ, झापा । बिर्तामोड नगरपालिकाको टोलीले कन्काइ नगरपालिका– १ मा निर्माण भइरहेको कन्काइ, विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिमिटेडको आज अनुगमन गरेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, नगपालिकाका अधिकृत मेघराज बास्तोला लगायतको टोलीले सो अनुगमन गरेको हो । टोलीलाई कन्काइ विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष मिनाल तिम्सिनाले अहिलेसम्म भए गरेका कामको जानकारी गराए । काम अन्तिम चरणमा पुगेकाले अबको करिब दुई महिनामा कम्पनी सञ्चालनमा आउने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।
कन्काइ, विर्तामोड र अर्जुनधारा नगरपालिका र जनताको संयुक्त सहभागितामा नवीकरणीय ऊर्जा सञ्चालनमा आउन लागेको हो । यसमा रु १४ करोड ३२ लाख खर्च भइसकेको जनाइएको छ । कम्पनी सञ्चालनमा आएपछि तीन वटा नगरपालिकामा उत्पादन भएको फोहरबाट दैनिक एक हजार ६०० केजी ग्यास उत्पादन हुने कम्पनीले जनाएको छ । पछिल्लो समय जिल्लाको मेचीनगर र शिवसताक्षी नगरपालिका पनि संस्थामा आबद्ध हुनेबारेमा सल्लाह भइरहेको संस्थाका अध्यक्ष तिम्सिनाले बताउनुभयो । नवीकणीय ऊर्जा सञ्चालनमा आएपछि विर्तामोडमा अहिले भइरहेको फोहर व्यवस्थापनको समस्या पनि हट्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार