कार्गो कुर्दै भैरहवा विमानस्थल
नेपालबहस संवाददाता
भदौ २५, २०७९ आइतबार ३:२७:५८
२५ भदौ, भैरहवा । साउनको ११ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी पहिलो पटक कार्गो सामग्री बाहिर निर्यात गरियो । काठमाडौँको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत बाहिर पठाएको थियो । हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाइएको हो ।
त्यसयता सो विमानस्थलबाट निर्यात हुनै सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायीले चासो नदिँदा निर्यातका लागि सदुपयोग नसकेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली उत्पादन बाहिर निर्यात भइरहे पनि भैरहवा विमानस्थल भने सुनसान छ ।
निर्यातका लागि सम्भावना रहेको विमानस्थलको समुचित प्रयोगका लागि यहाँका निजी क्षेत्रले चासो नदिएको नेपाल फ्रेट फरवर्डस एसोसिएसन (नेफा) का अध्यक्ष मनोज अधिकारी बताए । “सधैँ काठमाडौंकै व्यवसायी आएर यहाँको विमानस्थल धान्ने हैन । यसका लागि यहीँका निजी क्षेत्र लाग्नुपर्छ”, उनले भने, “स्थानीय उत्पादनको पहिचान गरी विमानस्थलमार्फत निर्यातको तयारी गर्नु नै उत्तम हुन्छ ।”
रुपन्देही हरियो तरकारी र माछाका लागि उर्वर भूमि हो । यो विमानस्थलबाट जडीबुटी, कफी, चाउचाउ, मैदालगायत सामग्री निर्यात गर्न सकिने उनले बताए । “निर्यातजन्य वस्तुको पहिचान गरी यसको उत्पादनमा जोड दिनुपर्छ, यसको सहजीकरणका लागि नेफा तयार छ”, अधिकारीले भने, “विमानस्थललाई पर्यटनमा मात्र नभई उत्पादनमूलक उद्योगको प्रवद्र्धनमा पनि जोडौँ ।”
तत्कालका लागि अस्थायीरुपमा दैनिक चार–पाँच सय टन सामग्री आयातनिर्यात गर्न सकिने संरचना तयार भएको छ । नजिकको विमानस्थल छाडेर अहिले पनि यस क्षेत्रका व्यवसायीले आफ्नो उत्पादन विदेश निर्यात गर्दा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरिरहेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपाने यहाँबाट के पठाउने भन्ने नै अहिले स्पष्ट नरहेको बताउनुहुन्छ । भर्खर सञ्चालनमा आएकाले उद्योगी व्यवसायी अन्योलको अवस्थामा रहेको उनको भनाइ छ । व्यवसायीका अनुसार अहिले विभिन्न कानुनी अड्चन रहेका छन् । हरियो तरकारी भण्डारणदेखि लिएर यसका लागि चिस्यान केन्द्र तथा भन्सार जाँच बिन्दुको पनि अभाव रहेको उद्योगीको भनाइ छ ।
कार्गो ढुवानीले लुम्बिनीका कृषि उत्पादन र औद्योगिक उत्पादनलाई विदेशी बजार पाउन सहज बनाएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालको भनाइ छ । उहाँले यस क्षेत्रका व्यवसायीलाई आयातरनिर्यातका लागि गौतमबुद्ध विमानस्थललाई प्रयोग गर्न आग्रह गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा प्रमुख टीकाराम गैरेका अनुसार भन्सार कार्यालय आयातरनिर्यातका लागि पूर्णतया तयार रहेको छ ।
उनले आयात निर्यातका लागि चाहिने आवश्यक भौतिक पूर्वाधारका साथै जनशक्ति पनि रहेका कारण विमानस्थल प्रयोग गरी आयातरनिर्यात गर्न कुनै बाधा नरहेको बताउँछन् । चाँडै नै विमानस्थलमा निर्माण सम्पन्न भएको कार्गो भवन पनि सञ्चालनमा आउने र यसले यस क्षेत्रको उत्पादनलाई भण्डारण गर्नेदेखि निर्यात गर्न थप सहज हुने गैरे बताउँछन् ।
जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकमात्र एयरलाइन्स कम्पनी जजिरा एयरलाइन्सले सातामा तीन पटक कुवेत–भैरहवा–कुवेत उडान गर्दै आइरहेको छ । बढ्दो सवारी चापका कारण जजिराले यही भदौ ३१ गतेदेखि भैरहवाबाट दैनिक उडान गर्दैछ । यसका लागि जजिराले उडान अनुमतिसमेत पाइसकेको छ ।
विमानस्थलले अहिले एयरलाइन्स कम्पनीलाई विभिन्न छुट प्रदान गरेको छ । विमानस्थलमा ल्याण्डिङ, पार्किङ र नेभिगेसनमा शतप्रतिशत छुट दिइँदै आएको छ । यसैमा भदौ २ गतेदेखि विमानस्थलले ग्राउण्ड हेन्डलिङमा समेत ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । यसले कार्गो ढुवानी काठमाडौँभन्दा भैरहवामा सस्तो बनाएको जजिराका बिक्री तथा बजार प्रबन्धक राजेन्द्र बानियाँ बताउँछन् । यताको उत्पादन काठमाडौँ पु¥याउँदा लाग्ने खर्च र एयरलाइन्सको खर्चसमेत जोड्दा त्यसको तुलनामा भैरहवाबाट आयारनिर्यात गर्दा सस्तो हुने उहाँको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार