रामपुरका बाख्रा पाल्ने कृषकलाई अनुदान
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार २०:५७:३७
♦ सुशीला रेग्मी
२७ भदौ, रामपुर , । हुमीकुमारी पाँडे मगरले गत आर्थिक वर्षमा आफूले उत्पादन गरेका खसी बोका बिक्री गरेबापत रु १९ हजार दुई सय पाँच अनुदान रकम बुझे । सो रकम पाउँदा उनलाई व्यवसायमा हौसला बढेको छ ।
पाल्पाको रम्भा गाउँपालिका–२ स्थित फोक्सिङकोट बस्ने हुमीकुमारीलाई सो अनुदान रकम उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले प्रदान गरेको हो । उनले सात सय ६५ किलो खसी बोका गएको एक वर्षमा बजारमा बिक्री गरेका छन् । सोबापत प्रतिकिलो रु २५ रकम अनुदान बुझ्दा उनी दङ्ग छन् । सहकारीमा आबद्ध कृषकलाई पालिकाको सहयोगमा धेरै खसी बोका तथा स्थानीय जातका कुखुरा उत्पादन गरेर जिउँदो बिक्री गर्नेलाई उपलब्ध गराइएको छ । व्यावसायिकरुपमा लागेका कृषकलाई अनुदान रकमले राम्रो गर्छु भन्ने ऊर्जा थपिदिएको उनको भनाइ छ ।
“घरमा पालेका साना खसी बोकालाई हुर्काएर ठूलो बनाएर बेच्दा राम्रो मूल्य पाइने, बजारमा माग बढ्दो र मूल्य राम्रो छ, अर्कोतर्फ धेरै उत्पादन गरेबापत अनुदान रकम पाउँदा व्यवसाय बढाउने सोचमा छु, दोहोरै पैसा बुझ्न पाइने भएपछि गाउँमा घाँसपातको सुविधा राम्रै छ, माउ बाख्रा थपेर बाख्राबाट अझ धेरै कमाइ गर्नेछु”, उनले भने ।
उनको घरमा हाल ३० माउँ बाख्रासहित हाल ६५ बाख्रा छन् । कोही बिक्री गर्ने खालका, कोही साना–साना पाठापाठी छन् । उनले दसैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर उत्पादन गरेका छन् । हुमीकुमारीजस्ता यहाँ धेरै महिलाले आफूले उत्पादन गरेका खसी बोका, स्थानीय जातका कुखुरा उत्पादनका आधारमा अनुदान रकम पाउँदा खुसी छन् । अहिले गाउँमा कसले धेरै कुखुरा बाख्रा उत्पादन गर्ने एकापसमा प्रतिस्पर्धा छ ।
उत्पादनमा आधारित अनुदान रकम दिन थालेपछि महिलाको बाख्रा तथा कुखुरापालनमा आकर्षण बढ्दै गएको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष गङ्गीसरा सिञ्जाली बताउछन् । गत वर्ष दुई सय तीन कृषकमध्ये खसी बोका बिक्री गर्ने एक सय ६० र स्थानीय जातका कुखुरा बिक्री गर्ने ४३ जनालाई अनुदान वितरण गरिएको उहाँले जानकारी दिए ।
उनी भन्छन्, “खसी बोकाका हकमा एक सय किलोभन्दा बढी र स्थानीय कुखुरा २५ किलोभन्दा माथि वर्षभरिमा जिउँदै तौलेर बिक्री गर्ने कृषकलाई अनुदान दिइएको छ, यो कार्यक्रम लागू भएपश्चात् साना साना बाख्रा तथा कुखुरा बेच्ने महिला अहिले ठूलो बनाएर मात्रै बेच्ने गर्छन”, उनले भने । उनका अनुसार रु सात लाख २६ हजार चार सय ७५ बराबरको अनुदान रकम सहकारीले कृषकलाई उपलब्ध गराएको छ । फोक्सिङकोट गाउँबाट एक वर्षको अवधिमा २७ हजार एक सय ४१ किलो जिउँदो खसी बोका र एक हजार नौ सय १८ किलो कुखुरा बिक्री गरिएको छ ।
उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि निर्माण गरेर तीन वर्षदेखि अनुदान दिन थालेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनका अनुसार अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक छवटा संस्थाले पालिकासँग सम्झौता गरेको छ । जिउँदो खसी बोका तौलेर बेच्नेलाई मात्रै उत्पादनका आधारमा पालिकाबाट अनुदान दिने गरिएको छ ।
प्रतिकिलो रु ५० कृषकले पाउने र खसी बोका बिक्री गरेबापत सम्बन्धित संस्थालाई रु दुई रकम उपलब्ध गराइँदै आएको अध्यक्ष भण्डारी बताउछन् । हाललाई तीनवटा संस्थालाई मसलन्द खर्चबापत वार्षिक रु १५÷१५ हजार रकम दिने गरिएको छ । “उत्पादनका आधारमा दुई वर्षसम्म प्रतिकिलो रु ५० अनुदान रकम कृषकलाई वितरण गरियो भने पालिकाको आन्तरिक आम्दानी कम भएकाले गत वर्षको प्रतिकिलो रु २५ उपलब्ध गराइएको छ, बाँकी रहेको रु २५ रकम तत्काल स्रोत व्यवस्थापन गरेर पालिकाले सम्बन्धित कृषकलाई उपलब्ध गराउने तयारी गरिरहेको छ”, अध्यक्ष भण्डारीले भने ।
बाख्रापालनमा पालिकाले उत्पादन वृद्धि गर्न र कृषकलाई व्यावसायमा निरन्तरता दिन प्रोत्साहनस्वरुप अनुदान दिने कार्यक्रम ल्याएको हो । यस्ता कार्यक्रमबाट कृषक प्रत्यक्ष लाभान्वित हुने हुदा निरन्तररुपमा पालिकाले अगाडि बढाउनुपर्ने फोक्सिङकोटका स्थानीयवासी तथा शिक्षक एवत सारुले बताए ।
यहाँका महिलाको दैनिकी हिजोआज बाख्रापालनमा बितेको छ । सहकारीले गाउँबाटै खसी बोका, कुखुरा जिउँदो तौलेर बिक्री गरिदिने व्यवस्थाले कृषकलाई बिक्रीको झण्झट छैन । बर्सेनि ठूलो संख्यामा खसी बोका विभिन्न बजारमा निर्यात हुने गरेको छ । फोक्सिङकोट क्षेत्र बाख्रा उत्पादनका क्षेत्रका रुपमा चिनिएको छ । दुई चार पैसाका लागि अरुको निर्भर रहने महिला अहिले बाख्रापालन गरेर आफैँ स्वावलम्बी बनेका छन् ।
हेफर परियोजना नेपालले गाउँ–गाउँमा बाख्रापालनमा सहयोग गर्न थालेपछि करिब सात वर्षयता ग्रामीण भेगका महिलाले व्यवसायीकर्तालाई जोड दिँदै गएका छन् । यहाँका महिलाले व्यवसाय विस्तार गर्दै जाँदा अहिले परिवारको दरिलो आम्दानीको स्रोत नै बाख्रापालन व्यवसाय बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार