‘चोरखोला गाउँका बासिन्दा अझै अन्धकारमा बस्न बाध्य छन्’
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार २२:५७:४५
२८ भदौ, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोला गाउँमा अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युत् नभएका कारण यहाँका ४५ घर परिवार वर्षौदेखि राति समयमा अन्धकारमा बस्न बाध्य छन् ।
चोरखोला गाउँमा पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा विसं २०२८ मा गाउँ बसेको हो । गाउँ बसेको ५० वर्षभन्दा बढी बिते पनि अझैसम्म विद्युत् सेवा पुग्न नसकेको स्थानीय एम वि सेन्चुरीले बताए । वनकासवासा र धानखोलामा विद्युत् नहुँदा त्यहाँका बासिन्दालाई निकै कठिनाइ भोग्नुपरेको धानखोलाका समाजसेवी दिनेश पुनले बताए।
वनकसबासा देखि आठ किलोमिटर र धानखोलादेखि सात किलोमिटरको दुरी मात्र रहेपनि सम्बन्धित निकायले विद्युत् लाइन विस्तारको लागि खासै चाँसो नदिएको समाजसेवी दिनेश पुनले बताए ।
स्थानीय धर्मविर मगर विद्युत् सेवा नहुँदा सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेको बताए । शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले त्यस क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण कृष्णनगरसंग समन्वय गरिरहेको बताए ।
अहिले बर्खाको समय भएकाले काम सुरु हुन समस्या हुदाँ असोजदेखि विद्युत् विस्तारको काम सुरु हुने उनले बताए । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण शाखा प्रमुख कमर आलम खाँले अब केही महिनाभित्रै चोरखोलामा विद्युत् विस्तार गरिने बताए । टेन्डर प्रक्रियाअघि बढेकाले अब विद्युत् विस्ताको काम सुरु गर्ने शाखा प्रमुख खाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार