रामपुरमा अव्यवस्थित जग्गादर्ता सुरु
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १८:१८:२५
३१ भदौ, रामपुर । अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गादर्ता सुरु गरिएको छ । बिहीबारदेखि यहाँ सुरु भएको जग्गादर्तामा पहिलो दिन १७ जनाले जग्गादर्ता गराएका छन् ।
रामपुर नगरपालिका वडा नं ५, ६ र ७ का सात सय ८३ घरघडेरीको विवरण तयार भएको छ । हाललाई सो घरघडेरीको जग्गाधनी पुर्जा वितरणका लागि दर्ता अगाडि बढाइएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य कृष्णप्रसाद अधिकारीले जानकारी दिए । “निर्वाचन आयोगले अहिले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ”, उनले भने, “निर्वाचनअगावै जग्गाधनी पुर्जा वितरण गर्न मिल्ने भएमा आउँदो असोज ३ गते संविधान दिवसका दिन वितरण गर्नेछौँ, नमिलेमा आन्तरिक गृहकार्य गरेर सबै विवरण तयार पारेर राख्ने र निर्वाचनपश्चात् वितरण गर्नेछौँ ।”
उनका अनुसार जग्गा दर्ताका लागि पुरानो गठन आदेशमा उल्लेख भएअनुसार मालपोत कार्यालयमा रजिष्टेशन प्रयोजनका लागि गरिने मूल्यांकनलाई आधार मानेर शुल्क तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकमा रकम जम्मा गरेको भौचरको आधारमा श्रीमान् श्रीमती स्वयं उपस्थित भएर जग्गादर्ता गर्ने कार्य भएको छ ।
निर्वाचन आयोगले भने लालपुर्जा वितरणको काम तत्काल रोक्न उक्त आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले उक्त आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायत सम्पूर्ण कार्य तत्काल स्थगित गरी यथार्थ जानकारी दुई दिनभित्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार