नरपानीमा पर्यटक बढे
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १९:२९:४०
३१ भदौ, अर्घाखाँची । अर्घाखाँचीको प्रमुख धार्मिक तथा मनोरमस्थल नरपानीमा घुम्न आउने पर्यटकको संख्या बढेको छ । यहाँको शीतल हावा र चिसो पानी र खुला मौसममा एकैपटक धेरै हिमाल देख्न पाइने मनमोहक दृश्य देख्न पाइने भएपछि गर्मीको मौसममा तराई र भारतबाट समेत गर्मी छल्न आउने पर्यटकको संख्या बढेको छ ।
नरपानी क्षेत्र पछिल्लो समयमा प्रमुख वनभोजस्थलको रुपमा पनि विकसित हुँदै गएको छ । गर्मी समयमा यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिकरुपमा हजारौँ मानिस आउने गरेको सन्धिखर्क–६ नरपानीका वडाध्यक्ष श्रीधर महत्राले बताए ।
तराई मधेस र गर्मी क्षेत्रबाट आउने पर्यटकले नरपानीमा आएर चिसो मौसममा पर्यटक निकै रमाउने गरेको उनी बताउछन् । गत वर्षदेखि दैनिकरुपमा १० देखि ५० समूह आउने गर्दछनु । शनिबारको दिन यहाँ झण्डै २० देखि ६० समूहमा पर्यटक आउने गरेको अध्यक्ष महत्रा बताउछन् ।
महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिंगेबाट ५० किलोमिटरको दूरीमा रहेको नरपानी क्षेत्रमा प्रसिद्ध सुपा देउराली मन्दिरमा दर्शन गर्न र भाकल चढाउन आउनेको कारण पनि यहाँ आन्तरिक तथा भारतीय पर्यटकको संख्या बढ्दो छ । मन्दिरमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउने र देउरालीमा चढाएका पाठापाठी नरपानी क्षेत्रमा वनभोज मनाउने चलन रहेको छ । यहाँ चढाएको बलि घरमा लैजान नहुने विश्वासका कारण पनि वनभोज मनाउने चलन रहेको स्थानीय समाजसेवी यमकला थापा बताउछन् ।
सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च पदमा रहेका व्यक्तिसमेतले दर्शन गर्छन् । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने धार्मिक विश्वास छ । यहाँ दैनिक पाँच सयदेखि तीन हजारसम्मले दर्शन तथा पूजाआजा गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिले जनाएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा संकलन भेटी स्थानीय विकास निर्माणका काम भइरहेका छन् । मन्दिरमा चढाएको भेटीबाट सन्धिखर्क नगरपालिका–७ मा रहेको आदर्श माध्यमिक विद्यालय खाँचीकोटमा छ जना र शीतगंगा नगरपालिका–२ को शान्ति आभारभूत विद्यालय सीतापुरमा चार शिक्षक राखिएको छ । शिक्षक राखेर पठनपाठनमा सजिलो भएको आदर्श मावि खाँचीकोटका प्रधनाध्यापक डिल्लीराज खनालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार