भक्तपुरको लामाटोलका घरघरमा २४ सै घण्टा निः शुल्क खानेपानी
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १९:१२:५०
२ असोज, भक्तपुर । भक्तपुरको लामाटोलमा २४ सै घण्टा खानेपानीको सुविधा पाएका छन् । सूर्यविनायक नगरपालिका-९ मा पर्ने लामाटोल सबै सुविधाले विपन्न छ । सहरसम्म पुग्न अर्थात् अरनिको राजमार्गको साँंगासम्म पुग्न डेढ घन्टाको पैदल यात्रा गर्नुबाहेक अरु विकल्प छैन । नगरपालिका भए पनि पहाडको टुप्पो जंगलको घेरमा रहेको यो ठाउँं कुनै गाउँं विकास समिति भन्दा कम छैन ।
सबै कुराले विपन्न भए पनि यो ठाउँं यतिखेर खानेपानीले भने सम्पन्न भएको हो । यहाँंका १८ वटा घरमा घरघरमा २४ सै घन्टा खानेपानी आउँंछ, त्यो पनि निःशुल्क । स्थानीयले खानेपानीको ट्यांकी बनाएपछि यो सर्वसुलभ सुविधा पुगेको हो । स्थानीयले दिनरात नभनी ४० हजार लिटरको ट्यांकी बनाएका छन् । जंगलको बीचमा बनाइएको ट्यांकीबाट तल रहेको १८ घरमै पानीको पाइपलाइन जडान छ । आफैले इँटा, सिमेन्ट, डन्डी बोकेर बाटोबाट माथिसम्म पुर्याएर डकर्मीको सहयोगले उनीहरूले ट्यांकी बनाए । यसअघि उनीहरूले पानीको मुहानबाट ट्यांकीसम्म पानी पुयाउन पहाडको जंगलैजंगल भएर पाइपलाइन विस्तार गर्न कुलो बनाइ पाइपलाइन बिछ्याए पनि ।
स्थानीय मारसाङ तामाङ सबै कुराले दुःख भए पनि पानीमा आफूहरूको ठाउँं स्वर्ग भएको बताउँंछिन् । ‘जंगलको बीचमा रहेको यो बस्तीमा सबैतिर पानी भए पनि पहिला पानीको समस्या थियो,’ मारसाङले भनिन्, ‘तर अहिले पानीको लागि हाम्रो ठाउँं स्वर्ग भएको छ ।’
दैनिक दुई तीन घन्टा लगाएर भक्तपुरको ख्वप कलेज पढन आउने स्मृति तामाङले पानीका लागि यसअघि त्यहाँं स्थानीयबीच झगडा हुने गरेको सम्झिन् ।लामाटोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष शंकर लामाले नेपाल मजदुर किसान पार्टीबाट समानुपातिकतर्फ बागमती प्रदेश सभा सदस्य सृजना सैंजुको संसद् विकास कोषबाट प्राप्त १० लाख रुपैयाँंबाट यो काम भएको बताए । यसका लागि झन्डै दुई महिना स्थानीयले जनश्रमदान गरेको उनले बताए । खानेपानी ट्यांकीको संघीय सांसद प्रेम सुवालले उद्घाटन गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार