ठेक्काको टुंगो छैन : मन्त्रीलाई शिलान्यास गर्न हतार, मतदाता प्रभावितमा पार्न सत्ताको दुरुपयोग
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १८:४४:३५
♦ दीपक शर्मा
४ असोज, बाँके । मतदातलाई प्रभावित पार्न बहालवाल मन्त्रीको पछिल्लो पटक जिल्लामा आउ जाउ बाक्लिएको मात्र छैन शिलान्यास देखि उदघाटन सम्मका कार्यक्रममा सहभागी हुँदै मत बटुल्ने काम जारी रहेको छ ।
निर्वाचनको मिति घोषणा भएसगै बहालवाल मन्त्रीले केहि योजना जिल्लामा आफुले ल्याएको भन्दै शिलान्यास उदघाटन लगायतका कार्य गर्नमा नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइ सवै भन्दा अगाडि देखिए । मन्त्री राइले भदौ २० गते आफनो निर्वाचन क्षेत्रमा पर्ने टेपरी –चौफेरी, नौरिगौडि – कैरातिपुर्वा, राजारामपुर्वा–हल्कारापुर्वाका साथै अमारहवादेखि लडियाघाट सम्म जोडने चार वटा पक्की पुलको शिलान्यास गरे ति पुल कहिले बाट सुरु हुने हुन केहि टुंगो छैन ।
टेन्डर समेत नभएको अवस्थामा कसरी पुन निर्माण हुने हो स्थानिय वासि अचम्मित छन । बजेट र निर्माणको टुगो नुहदै गरिएको शिलान्यासले निर्वाचनमा मत बटुल्ने काम बाहेक अरु केहि नभएको नेपालगञ्जका ११ का समिम अन्सारीले बताए ।
स्थानिय सरकारले टेपरीमा १ सय २० मिटर लामो पुल निर्माणको डिपिआर समेत तयार पारेको थियो ठेक्काका लागी टेण्डर गर्न बाकि रहको अवस्थामा संघिय र प्रदेश सरकार संग बजेटका लागी पत्राचार गर्दै गरेका बेला स्थानिय तहसंग समन्वय नगरी मन्त्री राइले ठुलो दलबलका साथ आफनो नामको शिलालेख राखी शिलान्यास गर्न भ्याए ।
बाँकेको राप्ती नदि तटिय ग्रामिन क्षेत्रका मतदातालाई प्रभावित बनाउनका लागी पुलको शिलान्यास गर्दै हिडेको भन्दै स्थानिय तहले बिरोध गरिरहेका छन साथै उनिहरुले विकासका नाममा मतदातालाई झुक्याउने उदेश्य देखिएको आरोप लगाएका छन । यहि क्षेत्रबाट लगातार दुइ पटक सांसद भएका राइले १० वर्ष सम्म एउटा पुल पनि निर्माण गराएनन यो सोझै जनता झुक्याउने खेल भएको स्थानियवासी समुद्धिन शेषले बताए । मन्त्री राइले सवैतिर एउटै आकार र प्रकारको शिलालेख राख्ने क्रम पनि तिव्र पारेका छन ।
बाँकेको क्षेत्र न २ बाट प्रतिनिधिसभा सदस्यमा पुन निर्वाचन लडने तयारीमा रहेका मन्त्री राइले भदौ ४ गते सानातिना नालासगै राप्ती नदीमा समेत ७ सय मिटर लामो पुलको शिलान्यास गरेका थिए । हुलाकी राजमार्गमा पर्ने राप्ती नदीमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले उटघाटन गरेको पुल सञ्चालमा रहेको छ त्यसैको समानान्तर हुने गरी ७ सय मिटरको लामो र साडे सात सय मिटर चौडा अक्रो पुल शिलान्यास मन्त्रीले गरेका हुन । यो पुलको ठेक्का आव्हान गरिएको छ ।
मन्त्री राइ यतिकैमा चुप लागेर बसेनन भदौ ४ गते नै नेपालगञ्जमा ५ वटा आकाशे पुलको पनि शिलान्यास गरेका छन । आकाशे पुल कहा , कहिले निर्र्माण गरिने हो कुनै निश्चित छैन तर मत्री राइले भने शिलान्यास गरेका सवै भौतिक पुर्वाधार निर्माणमा संका नगर्न आग्रह गरेका छन । मन्त्री राइले बर्दियाको गुलरिया नेपालगञ्ज हुलाकी राजमार्गको ४ लेनको सडक खन्ड निर्माण प्रकृयाको सडक खन्ड स्तरोन्नत्तीको शिलान्यास पनि गरेका छन यो सडक खन्ड रातो कितावको केहि वर्ष पहिले नै राखिएको थियो । मन्त्री राइले यि शिलान्यास र उदघाटन गरेका भौतिक योजनाका नाम तयार पार्ने हो भने लामो लिष्ट नै वन्न सक्छ तर यी योजना र निर्माण कसरी कुन माध्यमबाट हुने हुन भन्ने विषयमा भने राइ मौन देखिएका छन । नेपालगञ्ज उपमहानगरपालिका वार्ड न २ स्थित हनुमानगढिको परिसरमा रहेको एक तले भवनको उदघाटन गर्न पुगेका मन्त्री राईलाई स्थानिय वासीहरुले विरोध गरेका थिए ।
दुइ वर्ष अघि नै निर्माण सम्पन्न भई प्रयोगमा आइरहेको सो भवन उदघाटन गर्न गएका मन्त्रीले उदघाटन र शिलालेख आफनो नामको राख्न खोज्दा स्थानिय वासीले विरोध गरेपछि मन्त्री सुटुक्क फर्किएका थिए । यसरी ठेक्का नहुदै हतारमा शिलान्यास गर्न हतारिएका मन्त्री राइलाई निर्वाचन जित्न लामै कसरत गर्नु पर्ने देखिन्छ ।
बाँकेको प्रतिनिधिसभा क्षेत्र न २ मा सवैको नजर परेको छ सो क्षेत्रमा गठबन्धनमा रहेका दलहरुविच सहमति अनुसार जसपाका मोहम्मद इस्तियाक राइलाई नै टिकट पाउने पक्का भएको अवस्थामा सो क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिकाका पुर्व मेयर धवलशमशेर राणा पनि निर्वाचन लडने भएपछि सवैको नजर सो निर्वाचन क्षेत्रमा परेको हो । २०७४ सालको निर्वाचनमा मोहम्मद इस्तियाक राई सांसद र राप्रपाका प्रभावशाली नेता धवलशम्शेर राणा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख भएदेखि नै सम्बन्ध त्यति राम्रो नरहेको अवस्थामा अव कसले बाजि मार्ने हो त्यसका लागी मंसीर ४ गते सम्म पर्खनुपर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार