दक्षिण सुडानका विस्थापितहरुका लागि मानवीय सहायता उपलब्ध गराउन आग्रह
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १९:४:३०
५ असोज , एजेन्सी । मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सीले दक्षिण सुडानमा विस्थापित भएका नागरिकको सहयोगका लागि अपिल गरेको छ । सो देशमा रहेका मानवीय सहायतासम्बन्धी एजेन्सीहरुले यहँका नागरिकमा पछिल्लो समयमा मानवीय सहायताको ठूलो खाँचो परेकाले सहयोगका लागि सो आग्रह गरेका हुन् ।
दक्षिण सुडानको अपर नाइल र जाङ्गेली राज्यमा यसरी विस्थापित हुनेहरुको ठूलो संख्या रहेकाले उनीहरुको सहयोगका लागि सो आग्रह गरिएको हो ।
सो क्षेत्रमा सहायताका वितरणका लागि जानसक्ने सुरक्षित मार्ग समेत नभएकाले सो कार्यका लागि यहाँ सहायता वितरण गरिरहेका अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुले पनि अपिल गरेका छन् ।
उनीहरुले यस देशमा विगत लामो समयदेखिएको आन्तरिक द्वन्द्वका कारण दिन प्रतिदिन हजारौँ नागरिक विस्थापित भएको उनीहरुलाई मानवीय सहायताको खाँचो परिरहेको बताएका छन् ।
साथै पछिल्लो समयमा मानवीय सहायताको खाँचो परिरहेको क्षेत्रका नागरिकहरुसम्म पुग्न पनि सहायताकर्मीका लागि समस्या परेकाले यस विषयमा सोच्न सबै अन्तर्राष्टिय समुदाय र संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार