पाल्पामा डेँंगुका बिरामी बढ्दै
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार २१:२७:१८
५ असोज, रामपुर । पाल्पामा डेँङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेँङ्गु रोगका संक्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए ।
उनका अनुसार डेँंगुको संक्रमणले पाल्पामा एक जनाको मुत्यु भएको छ । संक्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा संक्रमित बढिरहेको पाइएको छ । संक्रमितको संख्या बढ्दै जाँदा जिल्लाका सरकारी अस्पतालमा कीट अभाव छ । डेंगु नियन्त्रणका लागि जिल्लाका विभिन्न पालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।
डेँंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेँंगुको भाइरसबाट संक्रमित भएको ‘एडिस रजिष्टाइ’ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी गमला, पानीका ट्यांकीमा यसले फूल पार्दछ ।
सहरी क्षेत्रमा यस्ता वस्तु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । यो भाइरस चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङ्गको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औँलो उत्पादन गर्ने लामखुट्टे फोहर पानीमा पाइने भए पनि डेँंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार