बन्द भए लघुजलविद्युत् आयोजना
नेपालबहस संवाददाता
असोज ५, २०७९ बिहिबार ३:८:५९
५ असोज, चौतारा । कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघुजलविद्युत् आयोजना बन्द भएका छन् । राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघुजलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्थानीयले भागबन्डा गरेर राष्ट्रिय प्रसारण लाइनमा प्रयोग गरेको स्थानीय टङ्क गिरीले बताए ।
पाँचपोखरी थाङपाल गाउँपालिका–८ थाङपालधापमा निर्मित जिल्लाकै पहिलो २७ किलोवाटको हाँडीखोला लघुजलविद्युत् परियोजना पनि गाउँमा राष्ट्रिय लाइनको विस्तारसँगै बन्द भएको छ । गाउँमा राष्ट्रिय प्रसारण लाइनको विस्तार भएपछि गाउँले लघुपरियोजना छाडेर त्यतै रमाउन थालेको स्थानीय अञ्जना धितालले जानकारी दिए । पाँचपोखरी गाउँपालिकाकै वडा नं ३ थाङपालकोटमा सञ्चालित हाँडीखोला दोस्रो र तेस्रो आयोजना बन्द भएको पूर्व गाविस अध्यक्ष उदय सापकोटाले बताए । सापकोटाका अनुसार दोस्रोबाट २६ र तेस्रोबाट २० किलोवाट विद्युत् उत्पादन हुने गर्दथ्यो ।
चोकटीमा १३ लाखको लागतमा बनेको घट्टेखोला लघुपरियोजना पनि राष्ट्रिय प्रसारण लाइनको विस्तार भएसँगै बन्द भएको छ । समुदायको आकर्षण घट्दा परियोजनामा सरकार र दाताले गरेको लाखौँ रुपैयाँ लगानी जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा २०५५ बाट ग्रामीण ऊर्जा विकास कार्यक्रम लागू भएपछि जिल्लामा निर्मित १३ लघुपरियोजनाबाट उत्पादित दुई सय ५६ किलोवाट विद्युत् क्षमताले १० हिमाली गाउँका करिब तीन हजार घरधुरीलाई उज्यालो दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार