डीआईजीको निर्देशन रद्दीको टोकरीमाः लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा “चेन अफ कमान्ड” को धज्जी उड्यो !
नेपालबहस संवाददाता
असोज ११, २०७९ बुधबार १:१४:२३
११ असोज, बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयभित्र “चेन अफ कमान्ड” को धज्जी उडेको छ । प्रदेश डीआईजीले तीन पटकसम्म निजलाई दरबन्दीमा रमाना गर्न लिखित आदेश दिदाँसमेत जिल्ला प्रहरी प्रमुखले आनाकानी गर्नु रहस्यमय बनेको छ । जबकी एआईजी उत्तमराज सुवेदी र डीआईजी उत्तमराज जोशीसहितको हेडक्वार्टरको अनुगमन टोलीले समेत ती घुमुवालाई २४ घण्टाभित्र तुरुन्त कारवाही गर्न निर्देशन दिएका थिए ।
एउटा प्रहरी उपरीक्षकले नै डीआईजीको आदेशलाई चुनौती दिनु भनेको प्रहरीमा चेन अफ कमाण्डको पालना नभएको रुपमा हेर्ने गरिन्छ । कपिलवस्तुमा बिगत १० बर्षदेखि एकछत्र घुमुवा बसेर बदनाम भएका प्रहरी सहायक निरीक्षक श्यामसिंह चौधरीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी नलप्रसाद उपाध्यायको ठाडो आदेशमा एक साता अघि मात्रै प्रदेश प्रहरी कार्यालयको सामान्य प्रशासन शाखाले आधा घण्टाभित्र दरबन्दीमा रमाना गरी जानकारी दिन लिखित आदेश जारी गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
असई चौधरीलाई आधा घण्टाभित्र दरबन्दीमा पठाई सो को जानकारी गराउन समेत प्रदेशको पत्रमा उल्लेख गरिएको थियो । तयारी अवस्थामा फाइलमा राखिएको उक्त पत्रमा कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बस्नेतले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई नै चुनौती दिई जिल्लामै घुमुवामा खटाउँदै आर्थिक लाभ लिदै आएका छन् ।
जबकी प्रहरी नियमावलीको २०७१ मा प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी नायव निरीक्षकसम्मका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालयका प्रहरी नाय महानिरीक्षकले आफ्नो क्षेत्रभित्र सरुवा गर्न पाइने भनिएको छ । तर, बदनाम भएर जिल्लाको घुमुवाबाट समेत हटाई दरबन्दीमा रमाना गराउन डीआईजी उपाध्यायले दिएको निर्देशनको एक साता बितिसक्दा समेत कार्यान्वयन भएको छैनन् । लगातार तीन पटकको आदेश लत्याउँदै एसपी बस्नेतले डीआईजी उपाध्यायलाई समेत चुनौती दिदै भनसुन गराई जिल्लामै एकछत्र राज गर्दै आएका छन् । उनले अहिले आफ्नो रमाना रद्द गराउन विभिन्न व्यक्तिलाई फोन समेत घुमाउने गरेको छ ।
यसलाई कपिलवस्तु प्रहरी कर्मचारीहरुबीच डीआईजी र एसपीबीच कुरा नमिलेको रुपमा अरथ्याउने गरेका छन् । अझ रोचक कुरा त के छ भने डीआईजीको आदेश आधा घण्टाभित्र कार्यान्वय गर्नुपर्ने भएपछि एसपी बस्नेतले निज चौधरी केही समय अगाडि काकरचौडामा गोली हानी मान्छे मारेको अनुसन्धानमा हाल दिल्ली भारत गएको झुटो व्यहोरा उल्लेख गरिएको पत्र पठाएका थिए । जबकी सो समयमा असई चौधरी जिल्ला मै मस्त सँग घुमिरहेका थिए । सो घटनाका आरोपीलाई भने केन्द्रीय अनुसन्धान व्यूरोका डीएसपी धर्म भण्डारीको टोलीले गत असोज ४ गते मंगलबार नै पक्राउ गरिसकेका छन् ।
प्रदेश प्रहरी स्रोतका अनुसार असई चौधरीले यसअघिका एसपी आडभरोसामा रमाना बुझ्न नमानेका हुन् । हाल एसएसपी रहेका उनी कपिलवस्तु रहेका बेलामा समेत घुमुवाको कमाण्ड सम्हालेका असई चौधरीका बारेमा एसपी बस्नेतलाई निज काम गर्ने मान्छे हो भन्दै यथावत काममा लगाउन आईजीपी सचिवालयमै कार्यरत एसएसपीले व्यक्तिगत आदेश दिएको चर्चा प्रहरीहरुबीच हुने गरेको छ । प्रहरी उपरीक्षक दोहोरो चेपुवामा पर्नु, प्रदेशको प्रहरी प्रमुखलाई नटेर्नु र चुनौती दिएर जिल्लामै पुनः थमौती हुन चलखेल गर्नुले पनि प्रहरी संगठनलाई नै बदनाम बनाएको देखिन्छ ।
प्रदेश प्रहरी प्रमुखबाट भए गरेका अह्रन र खटन सबैले मान्नुपर्ने र ठेकिएको दरबन्दीमा रमाना गरिएको छ भने तुरुन्तै बुझ्नुपर्ने बताउँदै रमाना रद्द गराउन सक्रिय हुनुले पनि अनियमिततामा संलग्न रहेको प्रष्ट छ । रमाना बुझ्नुको सट्टा भनसुन गराउनु, रमाना लिन नमान्नु र कार्यालय प्रमुखलाई समेत चुनौती दिनु जस्ता घट्नाले “चेन अफ कमान्ड” नटेरेको हुन्छ । यस्तो अवस्थामा प्रहरी कर्मचारी कार्वाहीको समेत भागीदार समेत बन्नुपर्ने हुन्छ । प्रहरीका असई र उपरीक्षकले नै डीआईजीलाइ चुनौती दिन्छ र ठेकिएको दरबन्दीमा रमाना लिदैन वा आलटाल गर्छन् भने त्यो “चेन अफ कमान्ड विपरित” हो ।
असई चौधरी बिरुद्ध प्रदेश प्रहरी कार्यालय लुम्बिनी र प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा दर्जनौ उजुरीहरु परेका थिए । प्रधान कार्यालय र प्रदेश प्रहरीले सो उजुरी उपर अलगअलग टोली नै खटाएर छानविन गरेपछि कारवाही गर्ने टुंगोमा पुगेको थियो तर आईजीपी कै सचिवालयमा कार्यरत एकजना एसएसपीका कारण उनलाई जोगाउने प्रयत्न भैरहेको बताइएको छ । जबकी प्रधान कार्यालयले आइन्दा कसैलाई पनि काजमा नराख्ने , नखटाउने तथा तोकिएको दरबन्दीमा रमाना गर्ने नीति नयाँ आईजीपी धीरजप्रताप सिंह आएपछि कडा रुपमा लागु गर्दै आएको छ ।
र याे पनि.. लुम्बिनीका तीन जिल्लामा व्यापक तस्करी शुरु, डामेर छाडेका साँढेजस्ता यी घुमुवा
उसो, त प्रहरी सहायक निरीक्षक चौधरी बदनाम रहेको प्रहरी रेकर्ड छ । कपिलवस्तुका तत्कालीन एसपी मनोजकुमार यादवको कार्यकालमा तस्करीका लाइन खुलाएको, गैरव्यवसायिक कार्यमा संलग्न भई अनुचित लाभ लिने गरेको तथा पदीय जिम्मेवारी इमान्दारीपुर्वक गर्न नसकेको लगायत विभिन्न आरोपका बाबजुद कारण खुलाई प्रहरी मुख्यालयले एकैपटक कार्यालय प्रमुखसहित तीन जनाको विभिन्न जिल्लाहरुमा काज सरुवा गरेको थियो ।
यसरी काज सरुवा हुनेहरूमा तत्कालीन एसपी यादवसहित असई श्यामसिंह चौधरी थिए । उनीहरुमध्य एसपी यादवलाई राम्रोसँग कमान्ड सम्हाल्न नसकेको आरोप लगाई कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गतको सुर्खेत जिल्ला सरुवा गर्यो भने असई चौधरीलाई जाजरकोट काज सरुवा गरि खटाइएको थियो । तत्पश्चात, ६ महिनाको लागी काजमा त्यहाँ सरुवा गरिएका मध्य असई चौधरी यस्ता पात्र हुन् जो पुनः कपिलवस्तु अर्थात जुन ठाउँबाट आए त्यसतर्फ नै फिर्ता भए ।
सामान्यतः कुनै प्रहरी कर्मचारीलाई विभागको नीतिनियम र निर्देशन विपरित कार्य गरे वा त्यसभन्दा बाहिर गए निजको कसुर अनुसार सचेत गराउने, काजमा अन्यत्र खटाउदेखि विभागीय कार्वाहीसम्म गर्न सकिने व्यवस्था छ । अझै कुनै पनि कर्मचारीलाई काजमा पठाए काज अवधि ६ महिनाको हुन्छ । तर, लामो समयदेखि जिल्लामा एकछत्र राज गर्दै आएका प्रहरी सहायक निरीक्षक चौधरी न त दरबन्दी गए, न त काज अवधि नै बस्नु पर्यो ? कपिलवस्तुबाट बिगत २ बर्षदेखि ठूलो मात्रामा तस्करी र अन्य अवैध धन्दा प्रहरीकै सहयोगमा निरन्तर चलिरहेको छ । यसवापत उनले करोडौं उठाएर जिल्लादेखि हेडक्वार्टरसम्मका हाकिमहरुलाई रिझाएकै कारण कुनै कारवाही बिना एकछत्र कपिलवस्तुको घुमुवा बसेको जानकारहरु बताउँछन् ।
प्रहरी जवानबाट जागीरमा औपचारिकरूपमा प्रवेश गरेका प्रहरी सहायक निरीक्षक चौधरी बर्षौंदेखि हाकिमलाई रिझाएकै भरमा कपिलवस्तु मै बसेर नै आर्थिक लाभ लिइरहेका छन् । उसो, त लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले पदीय जिम्मेवारी इमान्दारपुर्वक निर्वाह नगरेको भन्दै धेरै ठाउँहरुबाट कर्मचारीहरुलाई लखट्ने काम समेत गर्दै आएको छ । उनको दरबन्दी प्रहरी चौकी खैरेनी रुपन्देही भए पनि लामो समयसम्म रमाना लिइरहेका छैनन् ।
प्रहरी चौकी अर्घाखाँची दरबन्दी हुँदा त्यहाँ जम्मा एक महिना बसेका उनी विवादपछि जाजरकोट त पुगे, त्यहाँ पनि एक साता नबित्दै पुनः काजमा कपिलवस्तु आए । तर, उनलाई दरबन्दीमा रमाना दिन कपिलवस्तुका प्रहरी प्रमुख प्रेम बस्नेत नै मानिरहेका छैनन् । प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई स्पष्ट निर्देशन दिदै परिपत्र गरे तापनि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेम बस्नेतले उनलाई रमाना नै नगराई गुपचुप राखिरहेको पाइएको हो ।
उसो, निजको श्रीमती सोही कार्यालयको प्रहरी हवल्दार समेत हुन् । यसैको फाइदा चौधरीले उठाइरहेका छन् । र, उनलाई साथ र सहयोग गर्नेमा कपिलवस्तुका एक अनलाइन पत्रकार स्वयंले गरिरहेका छन् । उनको घर नै कपिलवस्तु रहेकोले पनि तस्करीका बारेमा भरपुर थाहा पाएका छन् । त्यसैले पनि तस्करहरुले निजका बारेमा फाइदा उठाइरहेका छन् ।
यसअघि उनले सोही पत्रकारलाई प्रयोग गरेर घुमुवामा राख्न तत्कालीन कपिलवस्तुका प्रहरी प्रमुख नवराज अधिकारीलाई दबाब दिएका थिए । उनको बारेमा राम्रोसँग बुझेका अधिकारीले पत्रकारको समेत कुरा सुनेका थिएनन् । त्यसपछि कपिलवस्तुको प्रहरी प्रमुखमा दानबहादुर कार्की सरुवा भएर आए लगत्तै ती पत्रकारले तत्कालीन नायव उपरीक्षक जेसी साहमार्फत उनलाई घुमुवामा खटाइएको थियो ।
उनको संरक्षणमा अहिले यस क्षेत्रको विभिन्न ठाउँहरुबाट तीब्र रूपमा तस्करीका सामान भित्रीरहेको छ । जागीरको लामो समय उनले यसै क्षेत्रका तस्करहरुसंँग उठबस गरेर नै बिताए । असई चौधरीको संरक्षण पाएपछि उनीहरुले यहाँको कृष्णनगर नाका, खुनुवा बोर्डर लगायत विभिन्न ठाउँहरुबाट खुलेआम लाइन भित्र्याउन पाइरहेका छन् । एक बर्ष अगाडि उनै चौधरीको पछि अख्तियार समेत लागेको थियो । अत्यन्तै विवादित छवि भएका चौधरीलाई दरबन्दीमा फिर्ता गराउनु त परको कुरा उल्टो काजमा घर पायक क्षेत्रमा खटाएको छ ।
र याे पनि थप…ब्रेजा गाडीमा असई सा’प सरर…., घुमुवाबिरुद्ध दर्जनौं उजुरी तर छानविन शाखा चास्नीमा मस्त
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार