कर छलीमा साकिराविरुद्ध मुद्दा चलाउन अनुमति
नेपालबहस संवाददाता
असोज १२, २०७९ बुधबार १६:३८:७
१२ असोज, काठमाडौं। कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन यूरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ । अभियोजकले साकिरालाई दोषी ठह-याउँदै आठ वर्षको जेल सजाय र अधिकतम् जरिवाना भराउन माग गरेको छ ।
साकिराले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेकी छन् । उनले मुद्धाबाट बच्नका लागि एक अधिकारीसँग सम्झौता गर्नुपर्ने प्रस्तावलाई अस्वीकार गरेकी छन् । ‘उनले सबै कर बुझाएकी छन् । उनीमाथि जुन बाँकी हो, त्यो ३ मिलियन यूरो व्याज मात्र हो’, उनको जनसम्पर्क अधिकृतले भनेका छन् ।
बार्सिलोनाको एस्प्लग्यूज डी लोब्रेगेट शहरमा रहेको अदालतले साकिराले कर छलीको ५ मामलाको सामना गर्नुपर्ने बताएको छ । यद्यपि यो मामलामा अदालतले औपचारिक रेफरलको घोषणा गरेको छैन र ट्रायलका लागि मिती पनि तोकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा
बैशाख ३०, २०८१ आइतबार
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली
बैशाख २८, २०८१ शुक्रबार
सलमान खानको फिल्म सिकन्दरमा रश्मिकाको एन्ट्री
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
आगलागी नियन्त्रणमा पूर्वतयारी
बैशाख ३१, २०८१ सोमबार