लागू नहुँदै संशोधनको प्रस्ताव
नेपालबहस संवाददाता
असोज १२, २०७९ बुधबार १८:२:३२
१२ असोज, काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता बुधबार मध्य रातिदेखि लागू गरेको छ । तर आयोग पदाधिकारीको मंगलबार बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरिरहँदा अर्को एउटा प्रस्ताव समेत पेस गरिएको छ ।
आचारसंहिता लागू नहुँदै आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले संशोधनको प्रस्ताव पेस गरेको हो । आचारसंहिताको केही व्यवस्थाबारे राजनीतिक दलले तीब्र आलोचना गरेपछि आयोगले संशोधन गर्न लागेको छ । आगामी निर्वाचनमा प्रधानमन्त्री, सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रदेशका मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रबाहिर पनि निर्वाचन प्रचारमा जान सक्ने व्यवस्था गर्न लागिएको हो । तर त्यसका लागि सरकारी स्रोतको उपयोग गर्न नहुने र आयोगबाट अनुमति लिनुपर्ने हुन्छ ।
उम्मेदवारी दर्ता गर्ने क्रममा २५ जना मात्रै र्यालीमा सहभागी हुन पाउने सीमासमेत हटाउन लागिएको छ । यसअघि मतदान हुनुभन्दा १७ दिनअघि मात्रै प्रचार प्रसार गर्न पाउने व्यवस्था समेत खुकुलो पार्न लागिएको हो । मञ्च व्यवस्थापनमा लागेको खर्च सात दिनभित्र पेस गर्नुपर्ने व्यवस्थामा समेत परिमार्जन गरिनेछ । अब मतदान भएको सातदिन भित्र पेस गर्नुपर्ने गरी परिमार्जन गर्न लागिएको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले बताए । प्रमुख आयुक्त थपलियाले राजनीतिक दलको सुझावमा उक्त विषयवस्तु समेटन लागेको बताए ।
निर्वाचन अनुगमनका लागि जिल्ला स्तरीय संयन्त्रमा यसअघि प्रमुख निर्वाचन अधिकारी संयोजक रहेकोमा प्रस्ताव बमोजिम उक्त व्यवस्था हटाइएको छ । अब निर्वाचन आयोगले नियुक्त गर्ने अधिकृत संयोजक रहनेछन् । राजनीतिक दलले छलफलको क्रममा आचारसंहिताका उक्त व्यवस्थाहरु संशोधन गर्न सुझाव दिएको थियो । महाशाखा प्रमुख भट्टराईले प्रस्ताव पारित भएपछि राजपत्रमा पुनः प्रकाशित भएर लागू हुने बताए ।
प्रमुख आयुक्त थपलियाले नियुक्त गर्ने अधिकृत आयोगप्रति पूर्ण उत्तरदायि हुने हुनाले आचारसंहिता उल्लङ्घनका घटनाको प्रभावकारी अनुगमन हुने दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
जसपाले गरायो सभामुखलाई समर्थन फिर्ताको जानकारी
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
आगलागी नियन्त्रणमा पूर्वतयारी
बैशाख ३१, २०८१ सोमबार