जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार २१:६:५४
२६ असोज, नेपालगञ्ज । करिब रु ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् । भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार इलामदेखि दार्चुलासम्म सङ्कलन भएको विभिन्न प्रकारका जडीबुटी पाकिस्तान र बङ्गलादेशसमेत निर्यात भएको छ । “नेपालबाट जडीबुटी मुख्य निर्यात हुने देश चीन र भारत नै हो”, उनले भने । खासगरी जटामसी मार्क, अमला, गुर्जोलगायत विभिन्न प्रकारका प्रशोधित जडीबुटी विदेश निर्यात हुने गरेको छ ।
सरकारको नियमानुसार व्यवसायीले जडीबुटी प्रशोधन नगरी बेच्न नपाइने उल्लेख गर्दै संघका केन्द्रीय अध्यक्ष शर्माले सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको आरोप लगाए । यसमा सहजीकरण भए पैसामा देखिएको समस्यासमेत समाधान हुने उनले विश्वास व्यक्त गरे ।
व्यवसायी रवीन्द्रनाथ शुक्लाले आफ्नो मात्रै करिब रु एक करोड बराबरको उत्पादन थन्किएको बताए । जडीबुटी व्यवसायी संघका अनुसार बाँकेमा जडीबुटीसम्बन्धी साना र ठूला गरेर १२ उद्योग छन् । गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको संघले यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात गरेको छ ।
नेपालका विभिन्न जिल्लामा संकलन गरिएको ३० प्रकारको जडीबुटी नेपालगञ्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा भारतले नयाँ नियम देखाएर निकासीमा अवरोध गर्दै आएको जडीबुटी संघका पूर्वाध्यक्ष याकुब अन्सारीले बताए । निकासीलाई सहज बनाउने हो भने लक्षित वर्गका किसानले बढीभन्दा बढी रोजगारी पाउने र व्यवसायीलाई समेत लाभ पुग्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार