करातेमा नौ स्वर्णसहित पुलिस च्याम्पियन
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार १९:२९:५६
३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लब सर्वाधिक नौ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो वर्चस्व कायम गर्दै च्याम्पियन बनेकाे छ ।
गत असोज २९ गतेदेखि बुधबारसम्म सदरमुकाम कुश्माबजारको बडागाउँस्थित सेमी कभर्डहलमा भएको ५३औँ राष्ट्रिय कराते प्रतियोगितामा नौ स्वर्ण, तीन रजत र पाँच कास्य पदक गरी कुल १७ पदकसहित पुलिस च्याम्पियन बन्न सफल भएको हो ।
दोस्रो स्थानमा रहेको एपिएफ क्लबले पाँच स्वर्ण, दुई रजत र सात कास्यसहित १४ पदक हासिल ग¥यो । त्रिभुवन आर्मी क्लब दुई स्वर्ण, पाँच रजत र एक कास्य गरी कुल आठ पदकसहित तेस्रो स्थानमा रह्यो ।
बागमती प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक हात पारेको छ । सुदूरपश्चिम प्रदेशले एक स्वर्णसहित छ कास्य पदक प्राप्त गर्दा गण्डकीले तीन रजत र तीन कास्यमा चित्त बुझायो । प्रदेश नं १ ले तीन रजत र छ कास्य पदक प्राप्त ग¥यो । लुम्बिनी प्रदेशले एक रजत र तीन कास्य पदक प्राप्त गर्दा कर्णालीले भने दुई कास्य पदकमा मात्रै चित्त बुझाउनुपर्यो ।
कर्णाली प्रदेशले दुई कास्य पदक लिन सफल हुँदा मधेस प्रदेशले भने एक कास्यमा मात्रै चित्त बुझाएको छ । करातेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्यसहित जम्मा ७६ पदकका लागि खेल भएको हो ।
हतारमा गरिएको तयारीका बीच करातेका खेलाडीले भने पर्वतमा खेल पूर्वाधारको अभाव भएको प्रतिक्रिया दिएका थिए । खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उत्कृष्ट खेलाडीलाई पदक वितरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार