ब्याडमिन्टन खेल स्थानीयमा लोकप्रिय बन्दै
नेपालबहस संवाददाता
कात्तिक ५, २०७९ शनिबार १९:३५:१६
५ कात्तिक, भजनी । खेलकुद क्षेत्रमा पछिल्लो समय ब्याडमिन्टन खेल निकै लोकप्रिय हुँदै गएको छ । व्यावसायिक भन्दा पनि शारीरिक हिसाबले ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको हो । कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु दैनिक बिहानको समयमा ब्याडमिन्टन कोर्डमा भेटिन्छन। टीकापुर भएको दिन उनी बिहानको दुई घण्टा समय ब्याडमिन्टन खेलमा बिताउछन ।
“मैले फुटबल, कबडीलगायतका खेलमा पनि मेरो रुचि हो । उमेरसँगै त्यस्ता सबै रुचि हराउँदै जाँदा रहेछन्”, नगर प्रमुख थारुले भने, “व्यावसायिक खेलभन्दा अहिले ब्याडमिन्टन मेरो शारीरिक व्यायामका लागि निकै उपयोगी बनेको छ ।” टीकापुरकै तेजबहादुर थापाको बिहानको समय ब्याडमिन्टन खेलेरै बित्छ । दिनभर व्यापार व्यस्त हुने थापा आठ वर्षदेखि ब्याडमिन्टन खेल्दै आएका छन् ।
स्थानीय तथा क्षेत्रीयस्तरका प्रतियोगितामा समेत सहभागिता जनाएका थापा पनि शारीरिक व्यायामकै लागि ब्याडमिन्टन खेल्न थालिएको बताउछन । “दिनभर व्यापारमा व्यस्त, बाहिर जाँदा पनि गाडीको सवार । खानपिनमा ध्यान नदिँदा अस्वस्थता बढ्दै गएको महसुस हुन थालेपछि साथीको सङ्गतमा लागेर ब्याडमिन्टन खेल्न थालियो”, थापाले भने, “अहिले सबैभन्दा बढी खेलिने खेल नै ब्याडमिन्टन भएको छ । उचित मैदानको अभावमा भने खेलमै भविष्य देखेका युवालाई समस्या पारेको छ ।” ब्याडमिन्टन इनडोर खेल भएका कारण टीकापुर क्षेत्रमा कभर्डहल अझै निर्माण हुन सकेको छैन । उसो त स्थानीय सरकारले ब्याडमिन्टन प्रतियोगिताका लागि स्थानीय युवालाई सहयोगसमेत गर्दै आएको छ ।
विशेषगरी जागिरे तथा दिनभर व्यापारमा व्यस्त हुनेका लागि ब्याडमिन्टन निकै उपयोगी बनेको छ । ठूलो स्पेस नचाहिने, दुई जना भए खेल्न सकिने, कुनै टिम बनाइराख्नु नपर्ने भएकै कारण ब्याडमिन्टन लोकप्रिय बनेको स्थानीय रामबहादुर साउँद बताउछन । “हामीले कार्यालयको परिसर मै ब्याडमिन्टन कोर्ड बनाएका छौँ । एक जना आएन भनेर खेल स्थगित हुने अवस्था हुँदैन”, साउदले भने, “दुई जना भए खेल हुन्छ । बिहान शारीरिक व्यायाम भएपछि दिनभर काम गर्ने जागर पनि आउँछ ।”
खेलका क्षेत्रमा सहयोग भए पनि संरचना निर्माणका लागि बजेट विनियोजन हुन सकेको छैन । गत आर्थिक वर्षम निवर्तमान नगर प्रमुख तपेन्द्रबहादुर रावलले कभर्डहल निर्माणका लागि गरेको शिलान्यासले निरन्तरता पाउन सकेन । चालू आर्थिक वर्षमा पनि कभर्डहलका लागि बजेट विनियोजन नभएको नगरपालिकाकी लेखा अधिकृत लक्ष्मी वडले बताए । टीकापुर नगर विकास समितिले निर्माण गर्नेगरी कभर्डहलको शिलान्यास भएको थियो ।
टीकापुरमा खेल मैदानको अभाव नभए पनि लगानीको अभावका कारण कैयौँ खेलकुदमा भविष्य देखेका युवा खेलकुदबाट विस्थापित हुनुपरेको खेल प्रशिक्षक अर्जुन ठकुल्ला बताउछन । “खेलाडीका लागि उचित वातावरण नै छैन । खेल्ने आवश्यक सामग्रीको अभाव, प्रशिक्षणका लागि मैदानको अभाव, प्रतियोगितामा सहभागी हुन जाँदा आर्थिकको अभाव”, ठकुल्लाले भने, “अभावका बाबजुद पनि अहिले ब्याडमिन्टन खेलमा केही युवाले आशालाग्दो प्रस्तुति स्थानीयस्तरका प्रतियोगितामा देखाएका छन् । तिनको संरक्षण हुनसके टीकापुरका लागि त्यसले राम्रो परिणाम दिन सक्छन् ।”
नगर प्रमुख थारुले खेलकुद क्षेत्रको संरचनागत विकासका लागि नगरपालिका स्रोत जुटाउनतर्फ लागेको बताए । उनले नगरपालिकाको स्रोतले खेलकुदका लागि चाहिने दीर्घकालीन योजनालाई पूरा गर्न नसक्ने बताउँदै त्यसका लागि संघ र प्रदेश सरकारसँग समन्वय भइरहेको बताए। “नगरपालिकामा खेलकुदका लागि भनेर २२ बिघा जग्गा छ । त्यहाँ अल्पकालीन संरचना बनाएर काम छैन । दीर्घकालीन योजनाका लागि सङ्घ र प्रदेशसँग समन्वय भइरहेको छ”, नगर प्रमुख थारुले भने, “अबको पाँच वर्षमा टीकापुरले खेलकुदका क्षेत्रमा गति लिन्छ । खेलकुदका गतिविधिदेखि खेलाडीको भविष्यलाई सुनिश्चित गर्न नगरपालिकाले काम गर्नेछ ।” रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार