बझाङ उद्योग वाणिज्य संघ कप २०७९ काे उपाधि पुरुषतर्फ केदार स्युँलाई र महिलातर्फ छबिसपाथीभेरालाई
नेपालबहस संवाददाता
कात्तिक ५, २०७९ शनिबार २१:५८:०
♦ शिवजी मण्डेल
५ कात्तिक, बझाङ । “बझाङ उद्योग वाणिज्य संघ कप २०७९” को उपाधि पुरुषतर्फ केदारस्युँ गाउँपालिका र महिलातर्फ छबिस पाथीभेरा गाउँपालिकाले हात पार्न सफल भएका छन् । बझाङ उद्योग बाणिज्य संघले सिलदेवी मेलाको अवसर पारेर गत असोज ३० गतेदेखि सुरु गरेकाे सर्वाधिक ठूलो धनराशीको जिल्ला स्तरीय ‘उद्योग वाणिज्य संघ कप २०७९’ शनिबार सम्पन्न भएको हाे ।
आज शनिवार सदरमुकाम चैनपुरमा भएको पुरुषतर्फको फाइनल खेल केदारस्युँ गाउँपालिका र छबिसपाथीभेरा गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो । जसमा छबिसपाथिभेरा गाउँपालिकालाई हराउँदै केदारस्युँ गाउँपालिका प्रथम भएको छ । केदारस्युँ गाउँपालिकासँग हार बेहोरेको छबिसपाथीभेरा गाउँपालिका द्वीतिय भएको छ , भने यसअघि नै मष्टा गाउँपालिका तृतीय र बुङ्गल नगरपालिकाले सान्त्वना पुरस्कार पाइसकेको सञ्चारकर्मी समीर कठायतले बताए ।
प्रतियोगिताको प्रथम केदारस्युँ गाउँपालिकाले रु १ लाख ३१ हजार १ रुपैयाँ ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र, द्वितीय छबिसपाथिभेरा गाउँपालिकाले रु ७५ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडलका साथै प्रमाणपत्र, तथा तृतीय भएको मष्टा गाउँपालिकाले रु ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र,र सान्त्वना भएको बुङ्गल नगरपालिकाले रु ११ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा १६ टीमको सहभागिता भएको थियो ।
त्यस्तै शुक्रबार सम्पन्न भएको महिलातर्फको भलिबल प्रतियोगिताको विजेता छबिसपाथीभेरा गाउँपालिका भएको छ। शुक्रबार महिलातर्फ फाइनल खेल छबिसपाथीभेरा गाउँपालिका र मष्टा गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो । जसमा मष्टा गाउँपालिकालाई हराउँदै छबिसपाथिभेरा गाउँपालिकाले कप हात पारेको हो । छबिसपाथिभेरा सँग हार बेहोर्दै मष्टा गाउँपालिका द्वितिय भएको छ । त्यस्तै जयपृथ्वी नगरपालिका तृतीय र बित्थडचिर गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेकाे छ ।
उद्योग वाणिज्य संघ कप २०७९ मा सहभागी टीमलाई पन्छ्याउँदै प्रथम भएको छबिसपाथिभेरा गाउँपालिकाले रु ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित कप, मेडलको साथै प्रमाणपत्र, द्वितीय मष्टा गाउँपालिकाले रु ३१ हजार १ सय ११ रुपैयाँ नगदका साथै कप मेडल र प्रमाणपत्र, तथा तृतीय जपयृथ्वी नगरपालिकाले रु २१ हजार १ सय ११ रुपैयाँ नगद र कप मेडलका साथै प्रमाणपत्र हात पारेको छ, भने त्यस्तै सान्त्वना भएको बित्थडचिर गाउँपालिमाले रु ५ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र जितेको छ ।
महिलातर्फ प्रतियोगितामा ९ टीम सहभागी भएका थिए । छबिसपाथिभेरा गाउँपालिकाको महिला टीमले यसअघि पनि थलारा गाउँपालिकाले दशैं तिहारको अवसर पारी आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम भएको थियो । प्रतियोगिता सुरु भएको समय भलिबल खेल मात्रै नभएर अन्य साँस्कृतिक कार्यक्रम र देउडा प्रतियोगिता पनि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार