सशस्त्रका २ जना सई निलम्बन, विभागीय कारबाही प्रक्रिया शुरू
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार १७:१५:२४
१५ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २ जना नायव निरीक्षकहरूलाई निलम्बन गरि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ । उनीहरूमाथि आचारणविपरीत काम गरेको आरोप लगाइएको छ ।
सशस्त्रको २८ नम्बर गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरी कारबाहीका लागि आवश्यक प्रक्रिया शुरू गरिएको हो ।
सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही ४ कात्तिकमा निर्वाचन सुरक्षाबेस स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो ।
त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेशविपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई पनि निलम्बन गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार