तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १०:३६:५०
आजको पात्रो : २० कात्तिक २०७९, आइतबार । तद्नुसार नाभेम्बर महिनाको ६ तारिक २०२२ । कार्तिकशुक्लपक्ष त्रयोदशी, तैतिल करण, रेवती नक्षत्र, बज्र योग, चन्द्रमा मीन राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः१८ मा हुनेछ भने सूर्यास्त ०५ः१८ । आज ११ः३६ देखि १२ः०९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । आजका देवता बरुण र ग्रहदेव चन्द्र हुन् । आइतबार सूर्य भगवानका दर्शन गर्नु उपयुक्त हुनेछ । आइतबारलाई आदित्यवार पनि भनिन्छ । आइतबारको दिन सरकारी काम शुरुवात गर्नुभयो भने सफलता मिल्नेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ । मनमा अनेक सोच र चिन्ता छाउने छ । मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशातर्फ यात्रा नगर्नुहोला । विहान सूर्योदयको दर्शन अवश्य गर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- वृष राशीका जातकका लागि आज अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्वदिशा तर्फको यात्रा फलदायी हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । सकारात्मक सोचपरक काम गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- धनलाभ र नयाँ सुखद खबरले खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ । शुभकार्य गर्दा शुभ दिन छ । विहान सूर्योदयको दर्शन गर्दा फलदायी दिन र सप्ताह हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिमतर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- सिंह राशीका जातकले आइतबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभए वापत तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई सम्मान गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । कम बोल्नु बुद्धिमानी हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ र संत्सगी मित्रहसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । चन्द्रमाको साथ रहको छ । आजको दिन तपाईको कार्यसिद्धि हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । त्यसैले आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहहरुको प्रभावले तपाईको कार्यकुशलता बृद्धि हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला । नयाँ कामको शुरुवात गर्दा शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- तपाईको मनमा आज प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार