सार्वजनिक निकायमा सूचना अधिकारी तोक्दै मनाङ प्रशासन
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार १९:२६:५०
६ पुष, मनाङ । जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ ।
जिल्लास्थित सामुदायिक एवं सार्वजनिक निकायका प्रत्येक कार्यालयमा सूचना अधिकारीसँग नियमित मासिक बैठक बसी सूचनामा एकरुपता ल्याइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार सबै सामुदायिक एवं सार्वजनिक निकायमा सूचना अधिकारी तोकी सहज सेवा प्रवाहको सुनिश्चितता गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा हेर्न र सुन्न सकिने ‘श्रव्य दृश्ययुक्त’ नागरिक बडापत्र सञ्चालनमा ल्याइएको उनले बताए।
प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पु¥याएका जिल्ला सुरक्षा समितिका सदस्य तथा सुरक्षा निकायका प्रमुख, अधिकृत तथा जवानलाई प्रशंसापत्रबाट सम्मान गरिएको आचार्यले जानकारी दिए ।
“प्रत्येक पालिका तथा सामुदायिक कार्यालयमा डिजिटल बडापत्र राखी जिल्लावासीलाई सहज रुपमा हरेक कार्यको सूचना प्रवाह तथा जानकारी गराउने प्रयासमा छौँ”, उनले भने, “विकट जिल्ला भएकाले सूचनालाई प्रभावकारी बनाउनुपर्ने छ, सोही अनुरुप कार्य अगाडि बढाउँदैछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार