विश्व साईकलयात्री ज्ञान महर्जनलाई साईकल हस्तान्तरण
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १९:४:२५
१० पुष, काठमाडाैं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष श्री रविना थापा र एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय सचिव एवं आईसिसि सदस्य प्रदिप न्यौपानेले संयुक्त रुपमा विश्व साईकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणको लागि साईकल हस्तान्तरण गरेकाे छ । उक्त साईकल संघको पहल र एनसिसि चीनको सहयोगमा प्रदान गरिएको हो ।
आजको यस कार्यक्रमका प्रमुख अतिथि तथा संघका कार्यकारी अध्यक्ष रविना थापाले संघले नेपालको पर्यटन प्रबद्र्धनमा गरेका कार्यहरु बारे जानकारी गराए । उनले नेपालका प्रभावशाली व्यक्तित्वहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेका बताए । विश्व साईकलयात्री महर्जनको मिशनलाई थप सहयोग गर्न एनसिसि चीनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै अब हुन लागेको यात्रा शुखमय र फलदायी होस भनेर कामना गरे ।
संघको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय सचिव प्रदीप न्यौपानेले आफ्नो मन्तब्य राख्दै यस पुनित कार्यको लागि एनसिसि चीन समक्ष प्रस्ताव आएको र यसलाई एनसिसि चीनले सकारात्मक रुपमा लिई नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गरेकोमा एनसिसि चीन प्रति हार्दिक आभार प्रकट गरे । उनले गैरआवासीय नेपाली संघ र एनसिसि चीनको झण्डा सहित विश्व भ्रमण गर्न लागेकोमा विश्व साईकलयात्री महर्जनलाई सफल यात्राको लागि शुभकामन व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका प्रवक्ता एवं पर्यटन प्रबद्र्धन समितिका सभापति सोम सापकोटाले संघले विभिन्न कालखण्डमा विभिन्न माध्यमबाट नेपालको पर्यटन प्रबद्र्धनमा गरेका गतिविधिहरु बारे जानकारी गराउदै विश्वसाईकल यात्री महर्जनले आफ्नो यात्राका दौरान नेपालको पर्यटन प्रबद्र्धनका साथै ग्लोबल वार्मिङबारे सन्देश फैल्याउने योजनाको प्रशंसा गर्दै उहांको यात्राको लागि अग्रिम शुभकामना व्यक्त गरे ।
संघका सचिव श्री गोविन्द प्रसाद गौंतमले नेपाल पर्यटन प्रबद्र्धन एनसिसि चीनले खेलेको भूमिका प्रति हार्दिक धन्यवाद व्यक्त गरे । यसरी नै विश्वसाईकल महर्जनले ग्लोबल वार्मिङ क्याम्पेनका साथै नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्य लिएर सन् २०१३ मा चीनको ग्रेटवाल देखि साईकाल यात्रा सुरु गरेर हाल सम्म १५ वटा मुलुकमा यात्रा गरेको र आगामी जनवरी १५ देखी एशियाका विभिन्न मुलुकका साथै युरोपको भ्रमण गर्न लागेको जानकारी गराए । अन्त्यमा उनले गैरआवासीय नेपाली संघको पहलमा एनसिसि चीनले साईकल उपलब्ध गराई सहयोग गरेको प्रति धन्यवाद प्रकट गरे ।
अन्त्यमा यस कार्यक्रमका सभापति एवं एनसिसि चीनका अध्यक्ष रोहित अग्रवालले नेपालको पर्यटन प्रबद्र्धनका साथै जलवायु परिवर्तनको मद्दा लिएर भम्रण आयोजना गर्न लागेको प्रति केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै यात्राको शुभकामना व्यक्त गर्दै चीन भ्रमणको निम्तो समेत दिए ।
यस कार्यक्रमको संचालन सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीले गरेका थिए । उनले नेपालमा देखा परेको Global Warming को असर र नेपालको पर्यटन बारे जानकारी गराउन यो भ्रमण सफल रहोस भनी शुभकामना व्यक्त गरे ।
यस कार्यक्रममा एनसिसि चीनका उपाध्यक्ष निर्मल चौलागाई, महिला संयोजक पुण्यवति सुवेदीका साथै अन्य कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, एनसिसि पपुवान्युगिनीका महिला संयोजक दुर्गा भवानी भट्ट लगायतका गैरआवासीय नेपाली अभियन्ताहरुको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वाेच्चको आदेश, जेठ ८ गते अन्तिम सुनुवाई हुने
बैशाख २८, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने
बैशाख २८, २०८१ शुक्रबार
सहकारी प्रकरणमा दोहोरी : रविले चुनौती दिएपछि गगनले भने - सबै स्वीकार छ, संसदीय समितिमा आउनुस् !
बैशाख २८, २०८१ शुक्रबार
राष्ट्रपति चुरे–तराईका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध मुद्धा दायर
बैशाख २८, २०८१ शुक्रबार