कक्षा १ मा प्रवेश परीक्षा लिन राेक, गर्भावस्थादेखि ८ वर्षसम्म प्रारम्भिक बालविकासको समय
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २२:२:१३
२९ पुष, काठमाडौं । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानाे ठिमीले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयलाई निर्देशन दिएको छ। केन्द्रको प्रारम्भिक बालविकास शाखाले पूर्वप्राथमिक तह र कक्षा १ मा प्रवेश परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।
केन्द्रले प्रवेश परीक्षा लिने र सोसँग सम्बन्धित तयारी कक्षा सञ्चालन गर्ने जस्ता कार्य भएमा रोक्न र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्वन गर्न सम्पूर्ण स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।
गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर प्रारम्भिक बालविकासको समय भएको र यो उमेर समूहका बालबालिकालाई सर्वांगीण विकास हुने खालका क्रियाकलापहरूमा बढी संलग्न गराउनु पर्ने केन्द्रले भन्दै यस्तो निर्देशन दिएको हो ।
केन्द्रले जारी गरेको विज्ञप्तिमा मण्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकाको सर्वांगीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने र कतिपय विद्यालयहरूले कक्षा १ मा भर्नाको लागि प्रवेश परीक्षा लिने गरेको पाइएपछि रोक्न निर्देशन जारी गरेको जनाइएकोे छ ।
राष्ट्रिय शिक्षा नीति, २०७६, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र सोको नियमावली २०७७, शिक्षा ऐन २०२८ र नियमावली, २०५९ विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ र आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ ले शिशु विकास केन्द्र, प्रारम्भिक बालविकास पूर्वप्राथमिक शिक्षा र आधारभूत तह (कक्षा १–३) मा बालबालिकाको भर्ना, विकास तथा सिकाइ क्रियाकलाप सञ्चालन, विकास तथा सिकाइको मूल्यांकन एवं स्तरीकरण सम्वन्धमा स्पष्ट व्यवस्था छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
अर्जुन ट्रफी क्रिकेटः डडेल्धुराको दोस्रो जित
माघ २१, २०८१ सोमबार
टक्सारको सरस्वती गुफा ओझेलमा
माघ २१, २०८१ सोमबार
भेरी नदीमा रहेको बेलिब्रिज पुल
माघ २१, २०८१ सोमबार
वसन्त श्रवण गर्दै राष्ट्रपति पौडेल
माघ २१, २०८१ सोमबार
वसन्त श्रवणका क्रममा टीका, प्रसाद ग्रहण गर्दै प्रधानमन्त्री ओली
माघ २१, २०८१ सोमबार
वसन्त श्रवणमा सहभागी नेपाली सेनाको एक टुकुडी
माघ २१, २०८१ सोमबार