अर्थमा प्रभावकारी देखिएन अर्थमन्त्री पौडेलको कोरटीम
नेपालबहस संवाददाता
माघ १४, २०७९ शनिबार १८:४८:३
१४ माघ, काठमाडौं । आधा आर्थिक वर्ष बाँकी रहँदै पुष ११ मा उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारीमा पुगेका अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय र मातहतका निकायमा आफु अनुकुलको कोरटीम बनाएर संकटग्रस्त अर्थतन्त्रलाई उकास्न नयाँ मापदण्ड बनाएर अगाडी जाने अपेक्षा धेरैले गरेका थिए । नयाँ सरकार बनेपछि सबैभन्दा पहिले अर्थ मन्त्रालय र मातहतका निकायको रुपरेखा परिवर्तन गर्ने प्रचलन पनि हो । यो मन्त्रालय मातहतका विभाग र महाशाखाहरू सरकारका महत्वपूर्ण पार्टपुर्जा हुन् ।
पौडेलले पनि अर्थमन्त्री भएको १० औँ दिनमा नै दुई सचिवको हेरफेर गरेका थिए । उनले मन्त्री भएपछि एमाले निकट मानिएका अर्थसचिवमा तोयम राया र राजश्व सचिवमा डा। रामप्रसाद घिमिरेलाई रोजे । दुवै जना एमालेनिकट कर्मचारीका रूपमा चिनिन्छन् । दुवै सचिव अर्थका अनुभवी पनि हुन् । अर्थ मन्त्रालयमा लामो समय बिताएका रायाले यसअघि भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पनि निभाइसकेका छन् ।
अर्थ सचिव बन्नुअघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा कार्यरत थिए । अख्तियारको सचिवबाट अर्थ मन्त्रालयको राजश्व सचिव भएर आएका डा। रामप्रसाद घिमिरेले पनि यसअघि अर्थ मन्त्रालयको राजश्व महाशाखाको नेतृत्व थिए । घिमिरे पौडेल अघिल्लो पटक अर्थमन्त्री हुँदा बजेट बनाउने टीमभित्र पनि थिए । यस हिसाबले उनले यी दुईलाई रोजेको हुनुपर्छ । तर, आफुले रोजेका दुईसचिव लिएपनि अर्थमन्त्रीको आर्थिक सुधार योजना बन्न सकिरहेको छैन ।
दुई सचिव फेरेपनि मातहतका निकायमा रहेको अहिलेको टीमप्रति अर्थमन्त्री सन्तुष्ट छैनन् । उनी भागहरुमा पनि चलाउन चाहिरहेका छन् । अर्थमन्त्रालयभित्रै पनि विभिन्न शाखा उपशाखाको जिम्मेवारीमा रहेकाहरुमाथि पनि पौडेलको शंका छ । अर्थ मन्त्रालयका एक कर्मचारीका अनुसार अब भन्सार विभाग, अर्थ मन्त्रालयभित्रका केही महाशाखाको नेतृत्व परिवर्तन गर्ने तयारीमा अर्थमन्त्री पौडेल पुगेका छन् । यसको होमवर्क भइरहेको छ ।
पहिले अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय समन्वयन महाशाखाको नेतृत्व गरेका र अहिले राष्ट्रिय योजना आयोगमा रहेका धनिराम शर्मा र प्रधानमन्त्री कार्यालयमा रहेका श्रीकृष्ण नेपाललाई अर्थ मन्त्रालयमा ल्याउने तयारी पौडेलको छ । यसका लागि मन्त्रालयबाट बाहिर पठाउनेहरुको व्यवस्थापन मिलाउने काम भइरहेको छ । राजस्वका लागि महत्वपूर्ण निकाय आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय र भन्सार विभागमा आफुनिकट कर्मचारी पठाउने तयारी पौडेलको छ । आन्तरिक राजश्वमा अहिले दीर्घराज मैनाली रहेका छन् ।
आफु अर्थमन्त्री भएपछि स्वेत पत्रका लागि पौडेलले मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा एक टीम बनाएका थिए । अहिले त्यो टीमले काम गरिरहेको छ । सम्भवतः अर्थमन्त्रीले आगामी साता नेपालको अर्थतन्त्रबारे संसदलाई जानकारी दिनेछन् । त्यो टीममा पूर्वसचिव शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनीलगायतको पनि सहभागिता छ । यी दुवै विष्णु पौडेलको अघिल्लो कार्यकालमा अर्थ मन्त्रालयमा अर्थ सचिव र राजश्व सचिवको जिम्मेवारीमा थिए ।
अहिले सबैभन्दा ठूलो चिन्ता भनेको राजश्वमा छ । राजश्व संकलदर बढाउन उनले ठोस योजना ल्याएका छैनन् । भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइनुपर्ने विद्यमान अवस्था कायमै छ । भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारीले खासै भेउ पाइरहेको अवस्था छैन् । बैध व्यापारको उत्थान र चुहावट नियन्त्रण ठूलो समस्याका रुपमा देखिएको छ । भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति कागजमा मात्रै सीमित छन् ।
राजश्वमा बृद्धि ल्याउने धेरै काम गर्न बाँकी छन् । भन्सार प्रशासनले सम्पादन गर्ने प्रमुख कार्यका रुपमा रहेको व्यापार सहजीकरण, राजस्व संकलन र सामाजिक हित संरक्षणका दायित्वलाई प्राथमिकतामा राखिएको छैन् । यसले अवैध व्यापार र चोरी निकासी पैठारीबाट हुनसक्ने राजस्व चुहावट नियन्त्रण प्रभावकारी नभएको देखाउँछ । भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीले मात्रै व्यापार लागत घटाउन र व्यापार सहजीकरण गर्न सकिने सुझाव विज्ञको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार