प्रचण्ड नेतृत्वको सरकार ढाल्ने षडयन्त्र भइरहेको छः अध्यक्ष ओली
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २०:५०:३७
१ फागुन, दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रचण्ड नेतृत्वको सरकार ढाल्ने षडयन्त्र भइरहेको बताएका छन् । उनले सरकार बनेको दुई महिना नपुग्दै सरकार ढाल्ने र देशमा राजीनितक अस्थिरता ल्याउन प्रतिक्रियावादी शक्तिहरु लागि रहेको बताएका छन् । गृहनगर झापाको दमकमा पुगेका ओलीले देशमा अस्थिरता ल्याउने शक्तिहरुको चलखेल बढेको बताए ।
सत्ता गठबन्धनमा खटपन भइरहेका बेला ओलीले सरकार ढाल्ने खेल भएको बताएका हुन । उनले कुन दल वा समूह यसमा लागेको छ भन्ने कुरा भने बताएन । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि ओली कांग्रेसप्रति सशंकित बन्दै आएका छन् । सत्ताबाहिर रहेका दलहरुले पनि अहिलेको सत्ता गठबन्धन धेरै अगाडी नजाने बताइरहेका छन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुइदिन अघि राष्ट्रपतिको निर्वाचन पछि देशमा नयाँ राजनीतिक परिवर्तन आउने बताएका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले देशमा आफु पनि काम नगर्ने र अरूलाई पनि गर्न नदिने तत्वहरू सक्रिय रहेको बए । अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको भन्दै ओलीले अनेक प्रकारका षडयन्त्र भइरहेको र सो षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए । एमालेले जसरी पनि यो सरकारलाई बचाएर लाने उनको दावी छ ।
देशलाई अघि बढाउने र विकास पक्षधर शक्ति पनि सरकारमा भएकाले निराश हुनुनपर्ने भन्दै ओलीले यो सरकारले जनभावनाअनुसार काम गरेर देशका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, तटबन्धलगायतका समस्या समाधान गर्दै लैजाने ओलीको अश्वासन छ । कृषिको आधुनिकीकरण, रोजगार सिर्जनालगायतका विषयमा पनि आफ्नो ध्यान गएको उनले बताए ।
उनी झापामा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । आइतबार बेलुका उनी दमकमा भइरहेको एक धार्मिक अनुष्ठानमा समेत सहभागी भएका थिए । झापाको गौरादह –४ स्थित डोरामारी माविको नवनिर्मित भवनको पनि उनले उद्घाटन गरेका छन् । यसैगरी आफ्नै निर्वाचन क्षेत्रको कटकपुर–खयरबारी चाँदु खोलाको पुल उद्घाटन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार