हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार १९:४२:५३
३ फागुन, जाजरकोट । कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । डोल्पा, हुुम्ला, मुगुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो ।
केही विद्यालयले मङ्सिरमा वार्षिक परीक्षा गरेकाले नयाँ शैक्षिक सत्रका लागि नियमित कक्षा सञ्चालन गर्नुपर्ने छ । मङ्सिरमा परीक्षा नगरेका विद्यालयले भने चैतमा वार्षिक परीक्षा सञ्चलन गरी नियमित पढाइ सञ्चालन गर्नुुुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुुख दलबहादुर बस्नेतले बताए ।
पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द हुने गरेका छन् । फागुन १ बाट नयाँ शैक्षिक सत्रमा नियमित पढाइ सञ्चालन गर्न आग्रह गरिएको बस्नेतले बताए । जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरेपनि अधिकांश विद्यालय फागुन २ सम्म खुलेका छैनन ।
उपल्लो डोल्पादेखि अन्य ठाउँमा आवासीय विद्यालय स्थापना गरेपछि मात्र नियमित पढनपाठन हुने सरोकारवाला बताउँछन् । फागुन लागेपनि चिसो अझैँ घटिनसकेकाले शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन । स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर छन् । वार्षिक परीक्षा गरिसकेका विद्यालयले नयाँ शैक्षिक सत्र सुरु लगत्तै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउनुपर्ने भए पनि अहिलेसम्म हिमाली जिल्लामा कुनै तयारी भएको छैन ।
जति सूचना प्रकाशित गरे पनि शिक्षक तथा कर्मचारी चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीयवासी बताउँछन् । कर्मचारी तथा शिक्षक समयमै गाउँमा आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ । कर्णालीमा दुई शैक्षिक सत्रमा पठनपाठन हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार