राष्ट्रिय खुला लनटेनिसको पुरुष र महिला एकलतर्फ प्रदीप र अभिलाषा विजयी
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बुधबार २३:५८:१८
१० फागुन, लुम्बिनी । बुटवलमा आयोजित प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता–२०७९ आज सम्पन्न भएको छ । प्रतियोगिताअन्तर्गत खुला पुरुष र महिला एकलतर्फ प्रदीप खड्का र अभिलाषा विष्ट विजयी भएका छन् । आज भएको पुरुषतर्फको फाइनल खेलमा बुटवलका रितिक रानालाई हराउँदै प्रदीपले उपाधि जितेका हुन् ।
यता महिला एकलतर्फको उपाधि विष्ट माहिका रानालाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगिता उपाधि विजेताले रु ६० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ३० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी ३५ वर्ष उमेर समूह पुरुष एकलको उपाधि सन्तोष खत्रीले जित्न सफल भएका छन् । उक्त समूहतर्फको पनि आजै सम्पन्न फाइनल खेलमा खत्रीले सिमान्त गुरुङलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।
यसैगरी ५५ वर्ष उमेर पुरुष एकलको उपाधि विमल गुरुङले हात पारेका छन् । फाइनलमा कमल थापालाई सोझो सेटमा पराजित गर्दै गुरुङले उपाधि हात पारेका हुन् । प्रतियोगितमा विजयी तथा उपविजेता खेलाडीलाई आज बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे र श्री २२ नं बाहिनीका उपरथी नवराज गुरुङले पुरस्कार वितरण गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार