माओवादी केन्द्र सत्तागठबन्धनबाट बाहिरिए एमालेले सरकार छाड्ने योगेश भट्टराईको संकेत
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार १९:४७:४५
११ फागुन, काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले माओवादी केन्द्र अध्यक्ष समेत रहेका प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ७ दलीय सत्ता गठबन्धनबाट बाहिरिए एमालेले सरकार छाड्न सक्ने बताएका छन् ।
ााष्ट्रपति निर्वाचनका लागि सरकारमा रहेका दल र बाहिरका दलहरुबीच उम्मेदवार चयन र समर्थन जुटाउन राजधानीमा रस्साकस्सी चलिहरेको बेला सचिव भट्टराईले रुकुम पश्चिममा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।
भट्टराईले आफूहरुले प्रस्ताव गरेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्न छाडेनन् । उलेले अहिलेको सत्ता गठबन्धनमा प्रचण्ड पुस १० मा नियु्क्त हुँदा भएको सहमतिअनुसार राष्ट्रपति हुने बताए ।
प्रधानमन्त्री नियुक्तिका बेला सत्ता गठबन्धनमा प्रधानमन्त्री माओवादीलाई, राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति भएको समेत उनले खुलाए । प्रधानमन्त्री अहिलेका गठबन्धन छाडेर बाहिर जान सक्ने विषयबारे आफूले नसोचिनसकेको उनकाे भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार