धर्म र राजनीतिको आडमा अतिवादीहरु जुर्मुराएः महासचिव पोखरेल
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १९:२३:४३
२१ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति र धर्मको नाममा अतिवादीहरु समाजमा विकृति फैसाउनेतर्फ लागेकाले सबै सचेत हुन हावस्यक रहेको बताएका छन् । उनले यसैका कारण नेपाली समाज अस्थिरता र अराजकतातर्फ गइरहेको बताए । उनले धर्म र राजनीतिलाई जोड्ने र समाजलाई अतिवादतिर लैजाने शक्तिहरूको चलखेल बढिरहेको दावी पनि गरेका छन् ।
आइतबार काठमाडौंमा सहिद यदुनाथ गौतमको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले त्यस्ता सामाजिक चुनौतीहरूविरुद्ध लड्नका लागि बलियो शक्तिको खाँचो रहेको बताए । उनले भने, ‘अहिले हाम्रो समाजमा सामाजिक असुरक्षाको वातावरण बनेको छ, समाजलाई जबर्जस्ती गलत बाटोमा लैजाने शक्तिहरू हाबी भइरहेका छन् । समाजमा अस्थिरता र अराजकताको चुनौती यसरी बढेको छ कि एकातिर सांस्कृतिक अतिवाद छ, जसले राजनीति र धर्मलाई जोड्ने प्रयास गरिरहेको छ । अर्कोतिर धर्मान्तरको प्रवृत्ति बढेको छ । जसले नेपालको मौलिक संस्कृतिलाई तहसनहस बनाइरहेको छ ।’
उनले नेपाली सांस्कृतिक मूल्य र मान्यतामाथिको आक्रमण बढ्दो रहेको बताए । महासचिव पोखरेलले देशमा आर्थिक संकट अर्को ठूलो समस्याका रुपमा रहेको बताए । देश आर्थिकरुपमा चरम संकटतर्फ उन्मुख छ भएको भन्दै नयाँ सरकार बनेपछि अर्थतन्त्रलाई संकटबाट बाहिर ल्याउन केही प्रयासहरु भएको तर फेरि समीकरण फेरिएको अवस्था आएकाले फेरि आशा गर्ने ठाउँहरू पछि धकेलिएको बताए । उनले लोकतान्त्रिक प्रणाली र सामाजिक न्यायका पक्षधर शक्तिहरू ध्रुविकृत हुनुपर्ने र बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार