बहालवाला प्रधानन्त्रीसँग सर्वोच्चले निहुँ खोज्योः डा. भट्टराई
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २०:२७:५८
२१ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी नेतृत्वको आन्दोलनलाई अपराधीकरण गर्न सर्वोच्च अदालतले प्रधानमन्त्रीसँग निहुँ खोजेको बताएका छन् । उनले बहालवाला प्रधानमन्त्रीलाई लिएर सर्वोच्च अदालतले गरेको आदेशको आलोचना गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षअघि दिएको राजनीतिक अभिव्यक्तिलाई लिएर सर्वोच्च अदाललते गरेको निर्णयप्रति भट्टराईले प्रश्न उठाउँदै न्यायलयको यस्तो निर्णयले देशमा अनिष्ट निम्त्याउने बताए ।
सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद सप्ताहको अन्तिम दिन पारेर आइतबार आयाजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी नेतृत्वको आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको अरोप लगाए । सर्वोच्चको फैसला माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्तिको भएको भन्दै बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने कुरा निहुँ खोज्ने विषय भएको बताए । उनले भने तीन वर्ष अगाडिको भनेको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने र मुद्दा लगाउर्ने भनेको त्यो निहुँ खोज्ने र जिस्किने भन्दा अरु काम नभएको भन्दै सर्वोच्च जस्तो सम्माननित निकायले यस्ता विषयमा विचार पुर्याउनुपर्ने बताए ।
यस्ता मुद्दामा माओवादी धारका पार्टीहरू एकजुट हुनुपर्ने भट्टराईको आह्वान छ । उनले भने, ’हामी एकैपटक पार्टी एकताभन्दा पनि बहस गरौं । समीक्षा गरौं । त्यसपछि मिल्न सक्नेहरू एकै पार्टी बनाउँ ।’ कार्यगत एकता, मुद्दामा सहकार्य वा मोर्चा बनाएर अगाडि बढ्नुपर्ने उनको प्रस्ताव छ । माओवादीबाट छुट्टिएर बनेका सबै पार्टीहरू नयाँ तरिकाबाट अगाडि बढ्नुपर्ने भट्टराईले आग्रह गरेका छन् । उनले नजयुद्ध कालका घटनाका विषयमा ओयो बनेको र यसले सबै काम हेरिरहेका बेला शन्ती सम्झौतालाई असर पार्ने गरी सर्वोच्चले आदेश दिएको बताए ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले प्रधानमन्त्री प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरणसहित १५ जनाले दिएको एउटा र कल्याण बुढाथोकीसहित ८ जनाले दिएको अर्को गरी दुई वटा छुट्टाछुट्टै निवेदन दर्ता गर्न सर्वोच्चले सर्वोच्च अदालत प्रशासनलाई शुक्रबार आदेश दिएको थियो । निवेदनमा प्रचण्डलाई पक्राउ गर्नुपर्ने माग गरिएको थियो । उक्त आदेशको पूर्वप्रधानमन्त्री भट्टराईले आलोचना गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार