राजनीतिक स्थायित्व र लोकतन्त्रका विषयमा कांग्रेससँग सहकार्य हुनसक्छः ओली
नेपालबहस संवाददाता
फागुन २२, २०७९ सोमबार २२:५२:५
२२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्व र लोकतन्त्रको रक्षाका विषयमा नेकपा एमालेको नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने संकेत दिएका छन् । राष्ट्रपति निर्वाचनको मुखमा आएर अध्यक्ष ओलीले कांंग्रेससँग एमालेको सहकार्य हुनसक्ने संकेत दिएका हुन् । उनले राष्ट्रिय स्वार्थका विषयमा एक धारणा हुनुपर्ने सर्त पनि राखेका छन् ।
सोमबार पार्टी मुख्यालय च्यासलमा एमाले प्रदेश तथा प्रतिनिधिसभाका सांसद्हरूलाई प्रशिक्षण दिँदै ओलीले कांग्रेससँग हुनसक्ने सहकार्य व्यक्तिगत नभई राष्ट्रिय स्वार्थका लागि मात्र हुने दाबी गरेका छन् । उनले लोकतन्त्रको रक्षा गर्ने सर्तमा एमाले कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताए । एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनपछि देशको राजनीतिक परिस्थिमिा परिवर्तन आउन भन्दै सार्वजनिक मन्तव्य दिइरहेका बेला ओलीको यस्तो भनाइ आएको हो ।
ओलीले पुष १० सहमति विपरित नयाँ गठबन्धन बनेपछि नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको लागि भन्दै प्रस्ताव पनि पठाएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता गराउन एमालेका शीर्ष तहका नेताहरु लागिरहेका छन । तर, उनीहरुको भेट अहिलेसम्म भएको छैन् । नेकपा माओवादीसँग सुधारिएको सम्बन्धमा फेरी टकराव आएपछि ओलीले नेपाली कांगे्रससँग हुनेसक्ने बताएका हुन् ।
अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन नेकपा माओवादी केन्द्र नै बाधक बनेको आरोप लगाए । उनले आफू प्रधानमन्त्री हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउनका लागि बारम्बार भन्दा पनि ऐन, कानुन बनाउन नदिएको बताए । उनले बेपत्ता छानबिन तथा सत्य निरुपणसम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरुले व्यवधान खडा गरेको जिकिर गरे । ओलीले शान्तिप्रक्रियालाई अविलम्व टुङ्गाउनुपर्ने एमालेको धारणा रहेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार