प्रचण्डले किन खोजिररहेका छन सरकारमा पूर्णबहादुरको साथ ?
केदार भट्टराई (काका)
चैत १६, २०७९ बिहिबार १८:१९:४३
१६ चैत, काठमाडौं । यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट जाने मन्त्रीहरुको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गर्ने चर्चा छ । देशको राजनीतिक अवस्था र सरकारको बनोट फरक ढंगको भएकाले कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उनैलाई नेतृत्व गर्न भनिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि कांग्रेसबाट सरकारमा पूर्णबहादुर खड्का आए आफुलाई काम गर्न सहज हुने सोच छ ।
मंसिर ४ को निर्वाचन सकिएपछि तत्कालीन पाँचदलीय गठबन्धनले सरकार बनाउने तयारी गरिरहँदा कांग्रेसले सरकारको नेतृत्व लिने गरी अन्य दलहरुलाई छलफल गर्न देउवाले खड्कालाई जिम्मेवारी दिएका थिए । कांग्रेस नेताहरुका अनुसार उक्त समयमा माओवादीका अध्यक्ष प्रचण्डलाई दुई वर्ष व्याक गरेर आफु प्रधानमन्त्री बन्न सक्ने अवस्था आए पूर्णबहादुरलाई पार्टीको जिम्मा दिएर इतरमूहका नेता डा। शेखर कोइरालालाई सरकारमा लगेर जिम्मेवारी दिने तयारीमा देउवा थिए । तर, त्यो व्यवहारमा लागु हुन सकेन् ।
कांग्रेस र माओवादी बीचमा पहिलो प्रधानमन्त्रीको विषय मिलाउन खटिएका खड्काले अन्तिमसम्म प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री नै खोजेपछि प्रधानमन्त्री दिएर बाँकी पदहरुमा भागबण्ड गर्दा कांग्रेसलाई राष्ट्रपति र माओवादीलाई सभामुखमा सहमति हुन सक्ने देउवालाई बताएका थिए । पहिलो प्रधानमन्त्री प्रचण्डलाई चाहिने हो भने राष्ट्रपति र सभामुख कांग्रेसको हुनपर्ने सर्त राख्न देउवा फेरी खड्कालाई माओवादीसँग छलफलका लागि पठाए । तर, कांग्रेसमा पहिलो कार्यकाल प्रचण्डलाई दिने कुरा उठेपछि देउवासमुहकै अर्को खेमा यसका बिरुद्ध उठ्यो ।
उनको भनाइमा प्रधानमन्त्री पत्नी आरजु राणालाई अगाडी सारेर पार्टी प्रवक्ता डा.प्रकाशशरण महत र विमलेन्द्र निधि लगायतका नेताहरु देउवालाई नै पहिलो कार्यकालको प्रधानमन्त्री बनाउने लबिङमा लागेर सभापति देउवालाई कांग्रेसका पक्षमा सबै दल रहेकाले माओवादी पनि अन्तिममा सहमति आउने भन्दै प्रधानमन्त्री पद छोड्न नहुने भन्दै दवाव दिन थाले । देउवा माथि यो दवाव पर्न थालेपछि पुर्णबहादुर खड्का समूहको माओवादीसँगको वार्ताले विस्तारै अर्को रुप लिन थाल्यो । प्रकाशशरण लगायत आरजुले प्रतिनिधिसभामा निर्वाचित भएका सांसदहरुलाई मौखिक र म्यासेन्जरमा देउवाका पक्षमा उभिन लगाएर भेला नै गराए ।
राष्ट्रपतिले सरकार गठनका लागि समय तोकेर बहुमत देखाउन भनेपछि पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री दिने कुरामा सभापति देउवा समेत आनाकानी गर्न थाले । फलस्वरुप पुष १० गते १.३० बालुवाटारमा बसेको बैठकमा देउवाले यही कुरा दोहार्योए । देउवाले पहिलो कार्यकाल कांग्रेसलाई चाहिन्छ, पार्टीले नमान्ने भयो तपाई दोस्रो कार्यकालसम्म कुर्नुस भनेपछि प्रचण्ड उठेका थिए । यस अगाडी देखिनै प्रचण्ड र खड्काबीचमा धेरै कुरा भएका थिए । बालुवाटारबाट प्रचण्ड बालकोट गएपछि यसै विषयलाई लिएर कांग्रेसमा विद्रोह सुरु भयो ।
एमालेको सहयोगमा प्रधानमन्त्री बनेपनि सरकार चलाउन कांग्रेस नै सजिलो हुने प्रचण्डलाई लागिरहेको थियो । यसबीचमा पनि खड्का र प्रचण्डबीच कुरा भइरहेको र केही महत्वपूर्ण भएकाले पनि उनी उपसभापति खड्कालाई नै कांग्रेसबाट सरकारमा ल्याउन चाहन्छन् । यसअघि लामो समय कांग्रेससँग मिलेर सरकार चलाएको अनुभवमा पनि उनी कांग्रेससँगै सहकार्य गर्न चाहन्थे । कांग्रेससँगको पाचँदलीय गठबन्धनबाट प्रधानमन्त्री बन्दा पनि सभामुख नपाउने र एमालेबाट प्रधानमन्त्री बन्दा पनि सभामुख नपाउने भएपछि उपसभापति खड्कालाई प्रधानमन्त्री बनेपछि फेर वार्ता गरौंला भनेका थिए । प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि पहिलो पटक देउवासँग धुम्बाराहीमा भेट गराउने पनि खड्का नै थिए ।
यसअघि प्रचण्ड फेरी कांग्रेसका पक्षमा आउने र यसका लागि उनलाई संसदमा विश्वासको मत दिएर सम्बन्ध बनाइराख्नु पर्ने सर्त थियो ।उपसभापति खड्काले प्रचण्डसँग भइरहेको छलफलबारे देउवालाई मात्र जानकारी गराएका थिए । यसपछि देउवाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन पार्टीबाटै निर्णय गराएका थिए । यसरी खड्कासँग लामो समय राजनीतिक उठबस भएको र सत्ता राजनीतमा पनि खड्का अनुभवी भएकाले आफु प्रधानमन्त्री भएको ठाउँमा उनी उपप्रधानमन्त्री भएर आए सरकार चलाउन सजिलो हुने कुरा प्रधानमन्त्रीले देउवालाई पनि राखेका थिए ।
शेखर कोइरालाले सरकारमा जाने चासो नराखेपछि सहज महशुस गरेका देउवालले पनि खड्कालाई नेतृत्व गरेर पठाउँदा इतर समुहबाट विरोध नआउने अनुमान गर्दै उनलाई जोड दिएका हुन् । नोपलबहससँग कुरागर्दै कोइराला निकट एक नेताले सरकारबारे भने,‘सरकारमा जान र काम गर्न भनेर राजनीति गरिएको हो । तर, अहिको सन्दर्भमा उहाँ पार्टीको संगठनमा नै काम गर्ने इच्छामा हुनुहन्छ । आगामी पार्टी सभापतिका लागि तयार गरिरहेकाले पनि उहाँलाई अहिले सरकारमा गएर मन्त्री बन्नु भन्दा यसको तयारीमा लाग्नु बेश हुने सल्लाह पनि हामीले दिएका छौँ ।’
उनले फेरी भने, ‘भन्न त हामी सबै जनताको सेवा र सुविधाका निम्ति लडेको भन्छौं । तर राजनीतिको चुरोमा सत्ता नै छ । सबैलाई सत्ता चाहिएको छ, राम्रो र ठूलो मन्त्रालय चाहिएको छ । हामीकहाँ भारत, युरोपका स्क्यान्डेभियन मुलुकमा जस्तो संयुक्त सरकारको सुसंस्कृत अभ्यास छैन । त्यसैले गठबन्धनलाई एकताबद्ध बनाएर राख्नु कांग्रेसका लागि निकै चुनौती छ । जनतामा निराशा बढ्दै गएकाले सरकारले सावधानीपूर्वक काम गर्नुपर्ने पनि उनले औंल्याए । सरकारहरु आउने, जाने भइरहेको छ । यसले बृहत आकार लियो भने देश अप्ठ्यारो जानसक्छ । त्यो भएर पनि पार्टीका राम्रा नेताहरुलाई अहिले सुरक्षित राखनुपर्ने अवस्था पनि छ ।’
मन्त्रीको विषयलाई लिएर अहिले कांग्रेसमा खासै विावद पनि देखिएको छैन् । सुरु देखि नै खड्का या कोइरालाले नेतृत्व गर्ने भन्ने विषय नै आएकाले खड्कालाई पठाउँदा पार्टीमा त्यति विरोध नहुने अवस्था छ । कांग्रेसले ८ मन्त्रालय लिँदा कोइराला समुहले कम्तिमा तीन मन्त्रालय पाउनुपर्ने माग गरेको छ । अहिले दुईमा लगभग सहमति भएपनि एक जनालाई कसरी पठाउने भन्ने छलफलमा नेताहरु छन् । गठबन्धन निर्माणमा माधव नेपालको पार्टीको योगदान भएकाले जेन्युन मन्त्रालय पाऊँ भन्नु स्वाभाविक भएको कांग्रेस नेताहरु पनि बताउँछन् ।
कांग्रेस ठूलो पार्टी भए पनि सबै ठूलो मन्त्रालय आफैंसँग राख्ने मानसिकतामा नरहेको उनीहरुको भनाइ छ । अहिले समावेशी प्रतिनिधित्वको कुरा छ, प्रदेशगत प्रतिनिधित्वको कुरा पनि छ । उपसभापति पूर्णबहादुर खड्का र विगतमा प्रचण्ड, माधव नेपाल लगायत नेताहरुसँग बारम्बार वार्तामा संलग्न भएकाले पनि सरकारको रसायन मिलाउन सभापतिले उनैलाई जोड दिएको र प्रधानमन्त्रीले पनि उनलाई चाहेको दखिन्छ ।
सरकारको न्यूनतम साझा कार्यक्रममा युवा बेरोजगारी, मूल्यवृद्धि र सुशासनका कुरा समेटिनुपर्ने विषयहरु पनि छन् । मुल कुरा त प्रधानमन्त्री प्रचण्डले भारतसँग विश्वासको वातावरण बनाउन पनि कांग्रेसबाट दरो नेताको सरकारमा उपस्थिति हुन आवश्यक छ । यसैले पनि अहिले प्रचण्ड र देउवाको रोजाइमा खड्का परेको नेताहरु बताउँछन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार