नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ सार्वजनिक, ५० लाखसम्मको जोखिम वहन हुने
इन्द्र रिजाल
चैत १३, २०७५ बुधबार १६:३७:५३
काठमाडौं । विगत १८ वर्षदेखि नेपालको जीवन बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच रू. ५० लाखसम्मको जोखिम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बीमा योजना सार्वजनिक गरेको हो ।
यस योजनामा क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी, उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको÷डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ ।
विभिन्न समयमा समयसापेक्ष उत्कृष्ट योजनाहरू ल्याइरहेको नेपाल लाइफले समयको माग र सेवाग्राहीहरूको आवश्यकतालाई दृष्टिगत गरी यो योजना सार्वजनिक गरेको जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भने, ‘हामीले आमसर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्न सक्ने आर्थिक संकटलाई दृष्टिगत गरी यो योजना अघि सारेका हौं । हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यो योजनाले हाम्रा सेवाग्राहीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास लिएका छौं ।’
कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बीमा अवधिमा तोकिएका घातक रोग लागेमा बीमाले जोखिम बहन गर्नेछ । साथै, साविकको योजना भने बीमा अवधिसम्म चालू रहनेछ । यस पूरक करारले थप जोखिम बहन गर्नेछ । ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनैपनि योजनाको जीवन बीमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्नेछन् ।
यस योजनामा क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी, उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको/डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ ।
यस योजनामा सहभागी हुन नियमित बीमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ । जीवन बीमा बजारमा झण्डै एकतिहाइ भाग ओगटेको यस कम्पनीले विभिन्न योजनामार्फत सेवाग्राहीहरूलाई उच्चतम लाभ तथा प्रतिफल प्रदान गरिरहेको छ ।
कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक न्यू बिजनेस एज प्रालिद्वारा प्रदान गरिने ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ प्राप्त गरेको छ । साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ अवार्डबाट सम्मानित भएको थियो । यो अवार्ड उत्कृष्ट सेवा सुविधा तथा व्यवस्थापन भएको कम्पनीलाई दिइने गरिन्छ ।
कम्पनीले आफ्ना बीमितहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म प्रतिहजारमा बोनस दिई बीमा क्षेत्रमै सबैभन्दा उत्कृष्ट बोनस दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल भएको छ ।
नेपालको बीमा बजारमा एकतिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्ता पँुजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । साथै सर्वाधिक जीवन बिमा कोष ५९.४९ अर्ब, सर्वाधिक लगानी ६५.९८ अर्ब, १,१६,००० भन्दा बढी सर्वाधिक प्रशिक्षित अभिकर्ता, १७० शाखाहरूबाट हालसम्म स्वदेश र विदेश गरी २५ लाख भन्दा बढी व्यक्ति यस कम्पनीमा बीमित भईसकेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती
बैशाख ३१, २०८१ सोमबार
बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन
बैशाख ३१, २०८१ सोमबार