नेवानिका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने तयारी
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १५:०:३४
२२ चैत, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने तयारी गरेको छ । निगममा भइरहेका विभिन्न अनियमित कामबारे संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गत आइतबार कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टिकरण पठाएर एक साताभित्र जवाफ पठाउन भनेको छ । उनको जवाफ चित्तबुझ्दा नभए पदबाट बर्खास्त गर्ने तयार गरिएको छ । अध्यक्ष अधिकारीले आइतबार पठाएको स्पष्टिकरणको जवाफ अहिले सम्म नपठाएको बताइएको छ ।
पर्यटनमन्त्री किराती मन्त्रीस्तरीय निर्णय गर्दै तपाइलाई जिम्मेवारीबाट किन नहटाउने भनी स्पष्टिकरणमा जवाफ मागेका छन् । नेपाल वायुसेवा निगमको वाइडवडी जहाजमा कहिले पांग्रा नहुने र सापटी माग्नुपर्ने, नियमित उडानसमेत नहुने पाइलट र को–पाइलटबीचमा समन्वय नहुनुका कारणबारे चित्तबुझ्दो जवाफ पठाउन अधिकारीलाई भनिएको छ । मन्त्री सुदन किरातीको मन्त्रीस्तरीय निर्णयबाट निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधिएको भएपनि बखास्त गर्नेबारे प्रधानमन्त्रीसगँ छलफल गर्न बाँक छ ।
मन्त्रालयका कर्मचारीका अनुसार अधिकारीलाई मन्त्रालयबाट आइतबार स्पष्टीकरण पत्र पठाइएको भएपनि जवाफ आएको छैन । उनले विगतमा पनि निगमको व्यवस्थापन सुधारमा कुनै प्रयास गरेका थिएनन् । तत्कालिन नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनलाई अध्यक्षमा नियुक्त गरिएको थियो । पछि हटाइए पनि सार्वोच्चले उनलाई काम फर्काउन आदेश दिएको थियो । उनलाई सोधिएको स्पष्टीकरणमा कोपाइलट अभावले गत शनिबार राति दुबई उडानमा ढिलाइ भएको घटनाको कारण सोधिएको छ ।
यस्तै मलेसिया उडानका लागि अनिवार्य आवश्यक पर्ने फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) ११ महिनासम्म नवीकरण नगरिनुको कारण दिल्लीमा दुईवटा पन्चर भएको पांग्रा बेलैमा फेर्न नसकेर २६ घण्टासम्म जहाज ग्राउन्डेड भएको घटनालगायत व्यवस्थापकीय कमजोरीका विषयमा एक साताभित्र जवाफ बुझाउन भनिएको छ । आइतबारभित्र उनले जित्तबुझ्दो जवाफ नदिए पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष राय लिने मन्त्री किरातीको तयारी रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार