२१ सदस्यीय कार्यव्यवस्था समिति बनाउन दलहरु सहमत
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १५:२३:१७
२२ चैत, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यको टुंगो लागेको छ । दलीय आधारमा सबै दलको प्रतिनिधित्व रहनेगरी २१ सदस्यीय कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यको भागबण्डा टुंगो लागेको हो । अब दलहरुले नाम दिएपछि समितिले पूर्णता पाउनेछ ।
दलहरुबीच अहिले मिलेको भागबण्डाअनुसार कांग्रेसका ६, एमालेका पाँच, माओवादी केन्द्रका दुई सदस्य रहने सहमति भएको छ भने बाँकी सबै दललाई एक÷एक सदस्य बाँडफाँट भएको छ । सभामुखको अध्यक्षतामा रहने कार्यव्यवस्था परामर्श समितिमा उपसभामुख र कानुनमन्त्री पनि सदस्य रहन्छन् । स्वतन्त्र दलहरुका तर्फबाट एकजनाको प्रतिनिधित्व रहने टुंगो लागे पनि को हुने भन्ने टुंगो भने लागिसकेको छैन ।
प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरुको प्रतिनिधित्व हुनेछ । सांसदहरुको प्रतिनिधित्व दलीय आधारमा हुनेछ । जसको संख्या बुधबार किटान गरिएको छ ।
बुधबार सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक तथा दलका सदस्यहरुको प्रतिनिधिबीचको छलफलमा भएको सहमति अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादी केन्द्रबाट २ जना सदस्य रहनेछन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक सांसद पनि कार्यव्यवस्था परामर्श समितिमा रहनेछन् । तीबाहेक अन्य दल तथा स्वतन्त्र सांसदको तर्फबाट १ जना सदस्य रहनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार