तस्करीका सबै नाका खुला : राजश्व छली कारवाहीमा बालुवाटारकै हस्तक्षेप
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार २२:४:२१
२२ चैत, काठमाडौं । सीमा क्षेत्रमा तस्करी बढेको भन्दै सशस्त्र प्रहरीबलले आइतबार नाकमा खटिएका सबै अधिकारीलाई बोलाएर जिम्मेवारी खोस्ने चेतावनी दियो । तीन दिनसम्म मूख्यालयमा राखेर नाकमा भएका कमजोरीलाई सुधार नगरे वृत्ति विकासमा असर गर्ने र जिम्मेवारी खोस्ने चेतावनी दिएको थियो ।
सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम नरोकिएको र त्यसले मुलुकको राजश्व संकलनमा गम्भीर असर परेको गुनासो आएपछि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा नाकाका अधिकारीलाई काठमाडौं बोलाएको थियो ।
सशस्त्र प्रहरीले बेला बखत लायन खुलाएपनि तस्करीलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न नसकेको गुनासाे बढेका छन् । विभाग र सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण सीमाक्षेत्रमा कपडा, चिनी, रड, सिमेन्ट, खाद्यान्न, हार्डवेयरजस्ता सामानहरूको तस्करी हुने क्रम रोकिएको छैन ।
राजस्व अनुसन्धान विभागमा राजनीतिक हस्तक्षेप भई विभागको नेतृत्व अस्थिर बन्न पुग्दा त्यसको फाइदा तस्करहरूले उठाउने गरेको सरकारी अधिकारीहरूकै दाबी छ । राजस्व अनुसन्धान विभागमा एक वर्षभित्रै ४ जनासम्म महानिर्देशकहरू फेरिदा पनि तस्करी मौलाएको अर्थका कर्मचारीले बताएका छन् ।
राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करहरूले मौकाको फाइदा उठाउँदै तस्करीलाई व्यापक पारेका हुन् । राजस्व प्रशासन अस्थिर भएसँगै पछिल्ला केही समयदेखि सीमानाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर देखिँदै अर्थका अधिकारीहरुको दावी छ ।
राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार पछिल्ला दिनमा विभागमा नै ठूलाठूला तस्करीको आरोप लागेका व्यक्तिहरूले विभिन्न बहानामा ‘माथिको आदेश’ भन्दै महानिर्देशकलगायतका उच्च अधिकारीसँगको भेटघाटलाई तीव्र पारिरहेका छन् । फाइल खडा गरेर अनुसन्धान भइरहेको विषयका सम्बन्धित व्यक्तिलाई महानिर्देशकले कार्यालयमा नै भेट्नुलाई आचारसंहिताविपरीत मानिन्छ ।
केही समयअघि सीमा नाकाबाटै १५ सय ट्रक कपडा तस्करी भएको खुलासा भएको थियो । तर, त्यस प्रकारको तस्करी अघिल्लो वर्ष भएको भन्दै विभागका पदाधिकारीहरू सो तस्करीका बारेमा अनुसन्धान गर्न हिचकिचाइरहेको बताइन्छ । विभाग स्रोतका अनुसार विभागले सो तस्करी प्रकरणलाई छानबिन गर्न खोजे पनि बालुवाटारको दबाबमा तस्करी प्रकरणको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ । १५ सय ट्रक तस्करी भएको एक वर्षअघिको घटनालाई पनि प्राथमिकता दिएर छानबिन गर्दा त्यसको अनुसन्धान प्रभावित गराउन बालुवाटारबाट दबाब आएको स्रोतको दावी छ । विभागका केही अधिकारीहरूले भने ‘माथिको निर्देशन’मा सो प्रकरणलाई सामसुम पार्न खोजिएको दावी गरेका छन् । तस्करी रोक्ने उद्देश्यले गत सोमबार मात्रै राजस्व चुहावट नियन्त्रण केन्द्रीय समितिको बैठक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको भएपनि अनुसन्धानबारे सो समिति पनि केही बोलेन ।
अर्थमन्त्री डा. प्रकाशशरण महत तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बसेको अर्को बैठकले सीमा नाकामा हुने चोरी तस्करी रोक्न कडा कदम चाल्ने निर्णय गरेको थियो । विभिन्न सामानहरू ठूलो परिमाणमा तस्करी गरी काठमाडौं ल्याएर बिक्रीवितरण भइरहेको स्रोतको दाबी छ । तर, विभागले तस्करी गर्नेहरूको खोजतलास गर्न सकेको छैन ।
स्रोतका अनुसार नवलपरासी, सिराहा, सप्तरी, बीरगञ्जको ठोरीलगायतका नाकाबाट भन्सार छली गरी ठूलो मात्रामा सामानहरू भित्रिरहेको बताइन्छ । यसै गरी तस्करहरूले भन्सार नाकाभन्दा बाहिरको ठाउँबाट सामानहरू ओसारपसार गरी सीमाक्षेत्र नजिकैको गाउँमा थुपार्ने र त्यहीबाट सानोसानो परिमाणमा मालबाहक ट्रकबाट ओसारपसार गर्ने गरेका छन् । सीमानाकामा भन्दा पनि भन्सारमा बढी छली हुने गरेको सरकारी अधिकारीहरूकै दाबी छ ।
भन्सार नाका नजिकै व्यापारीहरूले बनाएका ठूलाठूला गोदामका कारण तस्करी नियन्त्रणमा समस्या पर्ने गरेको छ । व्यापारीले विभिन्न सामान भन्सार छलेर आफ्नै नजिकको गोदाममा राख्ने र त्यहाँबाट यातायातका साधनमार्फत् सामानहरू अन्यत्र पठाउने गर्दा पनि भन्सार छली हुने क्रम बढेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार