सामाजिक सुरक्षा भत्ता कटौती गर्न अर्थसचिवको सुझाव
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १४:५७:२८
२६ चैत, काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०८/८१ को बजेट निर्माणको तयारीमा जुटेका बेला अर्थसचिव तोया रायले खर्च धान्न नसकिने अवस्था आएको भन्दै वृद्धवृद्धा लगायतकालाई दिइदै आएको सामाजिक सुरक्षा भत्ताको प्रावधान कटौती गर्नुपर्ने बताएका छन् । अहिले आगामी आर्थिक वर्षको बजेटमा लागेको मन्त्रालयले बजेटसँग सम्बन्धित विषयमा खुला सुझाव मागिरहेको छ ।
मन्त्रालयले सरोकारवालाबाट १५ वैशाखसम्म आइपुग्ने गरी सुझाव मागेको छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम सर्वसाधारणले अर्थमा बजेटसँग सम्बन्धित सुझावहरु पठाउन सक्ने अर्थले माग गरेलगत्तै अर्थसचिव रायले सामाजिक सुरक्ष भत्ता कटौती गर्न सुझाव दिएका छन् ।
आयतबार आर्थिक पत्रकारहरुसँगको भेटमा रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने र यसलाई कटौती गर्नुपर्ने बताए । रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको भन्दै उनले सरकारले वार्षिक रुपमा करिब एक सय अर्ब रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्नेे गरेकाले राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको भनाइ राखे ।
अर्थसचिव रायले भने, ‘अहिले पनि सरकारले एक सय अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा खर्च गरिरहेको छ । यसरी अर्बौं रुपैया कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ । सरकारले लामो समयसम्म कुनैपनि योगदान बिना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैन ।’ सचिव रायले वर्तमान अवस्थामा देशमा राजस्व संकलनको अवस्था जटिल रहेको भन्दै राजस्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने बताए ।
उनले अर्थतन्त्र संकटग्रस्त भएकोतर्फ संकेत गर्दैै थप कठोर निर्णय नगरे अवस्था झनै भयावह हुनसक्ने बताए । राजस्व लक्ष्यअनुरुप असुली हुन नसकेको अवस्था रहेको र तलव समेत खुवाउन नसक्ने अवस्थालाई दृष्टिगत गरी चालु खर्चमा कडाइका साथ कटौती गर्न आवस्यक रहेको बताए । अर्थतन्त्रमा आएको मन्दीले सरकारी खाताको अवस्था नाजुक रहेको भन्दै उनले पचास वर्षयताकै राजस्वमा गम्भीर समस्या देखिइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार