कसरी जुटाउन छन अर्थमन्त्रीले राज्यको खर्च ?
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १४:३०:४५
३ वैशाख, काठमाडौं । प्रचण्ड नेतृत्व सरकारको अर्थमन्त्री बन्न नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई निकै पापड पेल्नुपर्यो । सभापति शेरबहादुर देउवाको मात्र पहलमा उनी यो पटक अर्थमन्त्री बन्ने सम्भावना थिएन । सभापति देउवाभन्दा उनकी पत्नी आरजु राणा देउवाको कोर टिमले उनलाई देशको अर्थमन्त्री बनाउन बढी भूमिका खेल्यो । जसरी बनेपनि उनी यतिबेला देशको अर्थमन्त्री हुन । तर, उनले मरिहत्ते गरेर पाएको अर्थ मन्त्रालयको जिम्मेवारी उनकै लागि निकै कष्टकर बनेको छ ।
कांग्रेस नेता महतले सम्हालेको अर्थमन्त्रालय यतिबेला खर्चका हिसावले सन्तुलित छैन । महतले मन्त्री भएपछि देशको अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समधानका उपाय कसरी निकाल्न सकिन्छ भनेर गभर्नरदेखि निजी क्षेत्रका सबै व्यवसायी र सरोकावालासँग एक चरण छलफल गरिसकेका छन् । उनी अर्थमन्त्री भएर आएपछि बैंकहरुले एकल विन्दु रहने गरी मुद्धती निक्षेप र संस्थागत निक्षेपको व्याजदर घटाएका छन् । यसका लागि उनको पनि पहल थियो । व्याजदरले बैंक व्यवसायीबीचको विवादलाई केही मथ्थर बनाएपनि अर्थमा खर्च असन्तुलन अध्याधिक बढेको छ ।
चालु आर्थिक वर्षको ९ महिना सकिँदा सरकारको आम्दानीभन्दा खर्च २ खर्ब १९ अर्ब बढी देखिएको छ यो चालु आर्थिक वर्षमा छुट्याइएको पुँजीगत खर्च बराबर जस्तै हो । यतिबेला आर्थमन्त्री महतका अगाडी राज्यले गरिरहेको आम्दानीभन्दा राज्यको खर्च २ खर्ब १९ करोडले बढी छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म आउँदा सरकारले कुल ७ खर्ब २४ अर्ब आम्दानी गरेको छ भने सो अवधिमा ९ खर्ब ४३ अर्ब खर्च भएको छ ।
चालु बजेट ५ खर्ब ५९ अर्ब ३० करोडले उतिबेलै ऋणात्मक थियो । सरकारी राजस्व संकलन निराशाजनक देखिँदा समग्र सरकारी आम्दानीमा असर परेको छ । समय सकिँदै गएकाले अर्थमन्त्रीसामु राजश्वमा चेप्ने ठाउ पनि कम छ । ९ महिनामा सरकारले बजेटमार्फत लिएको लक्ष्यको आधा पनि राजस्व उठ्न सकेको छैन । राजश्व बढाउन उनले नयाँ नीति लागु गर्दा पनि अब सम्भव छैन् । आर्थिक वर्ष सकिएर नयाँ बजेटको तयारी भइहेको छ ।
९ महिना सकिदा ४८.७ प्रतिशत अर्थात ६ खर्ब ८३ अर्ब मात्रै संकलन भएको छ । सो संकलित राजस्वले सरकारको चालु खर्च समेत नधानेको तथ्यांक देखिन्छ । कार्यालयको तथ्यांकअनुसार सो अवधिमा चालु खर्च ७ खर्ब ६ अर्ब छ । चालु खर्च कुल लक्ष्यको ५९.७ प्रतिशत हो । त्यस्तै ९ महिनामा पुँजीगत खर्च जम्मा १ खर्ब ७ अर्ब मात्रै छ । यो लक्ष्यको २८.१९ प्रतिशत मात्रै हो । आयभन्दा व्याय बढी भएकाले सरकरले यसअघिका महिनामा समेत कर्मचारीको तलबको व्यवस्थापन अरुनै स्रोतबाट गर्दै आएको छ । सरकारको खर्च घटाउन क्षेत्र पनि कम छन् ।
निजी क्षेत्र चलायमान भएपनि उसले यस आर्थिक वर्षमा सरकारलाई उल्लेख्य राजश्व दिन सक्दैन् । बैंक तथा वित्ती संस्थाहरुबाट आउने कर पनि सबै क्षेत्रबाट अनाएको बुझिएको छ । आन्तरिक खर्च पुग्ने गरी आन्तरिक स्रोतको व्यवस्थापन अहिलेका लागि कठिन छ । समाजीक सुरक्षा भत्ताको बोझले गर्दा सरकारको खचए असन्तुलन बढेको विज्ञहरु बताउँछन् । राजनीतिक हिसावले पनि समाजिक सुरक्षा भत्तामा तलमाथि गर्न सक्ने अवस्था छैन् ।
बैंकहरुले भारतमा काम गरिरहेका नेपालीको लागि कार्डको व्यवस्था गरेर उनीहरुले कमाएको रकम बैंक मार्फत ल्याउन सकिने व्यवस्था मिलाएपनि ५ खर्ब रकम बार्षिक भित्राउन सकिने सुझाव दिइरहेका छन् । तर, भारत सरकारले सबै नेपालीलाई रासन कार्डको व्यवस्था गर्ने कुरा असम्भव छ । अहिले अर्थमन्त्रीका लागि खर्च सन्तुलन मिलाउन त्यति सम्भव नभएपनि आगामी आर्थिक वर्षलाई करिव ६ खर्बको नयाँ स्रोत खज्नुपर्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार