तीन अर्ब तिरेपछि नेपाल एयरलाइन्सले माग्यो हर्जानामा छुट
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १३:३३:८
७ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई एक वर्षको अवधिमा करिब ३ अर्ब रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको छ । उसले ऋणको ब्याजको ब्याज लागेको भन्दै जरिवाना छुट गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरेको छ । निगमले २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको हो ।
असारमा १ अर्ब ३५ कारेड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ । निगम अहिले आम्सिक मुनाफामा रहेको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न लिएको ऋण भुक्तानी गर्न कठिन भएको भन्दै जरिवना छुट मागेको हो । यी दुवै निकायको ऋणमा निगमाले जहाज खरिद गरेको थियो । अहिलेल निगमसँग चार वटा जहाज छन् । कोभिडको समयमा झण्डै टाट पल्टने अवस्थामा पुगेको निगमले अहिले भने उडान र ग्राउण्ड ह्याण्डिलिङबाट राम्रो आम्दानी गरिरहेको छ ।
कोरोना महामारीको कारण व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट एवम् किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको निगमले जनाएको छ । निगमले किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन भनेको छ ।
योभन्दा पहिला असारमा एक अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ र चैतमा ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमले प्रेस विज्ञप्तिमा उल्लेख गरेको । जसअनुसार निगमले दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ रकम भुक्तानी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार