एमालेभित्रका पूर्व माओवादीहरु गुमनामः प्रचण्ड र भट्टको भेटघाटले शंका उत्पन्न
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १२:१८:५७
८ वैशाख, काठमाडौं । एमालेभित्र रहेका पूर्वमाओवादी नेताहरू यति बेला गुमनाम रहेका छन् । पार्टीको मिसन ग्रासरुट अभियानमा एकाध स्थानबाहेक ती नेताहरू खट्ने अवस्था पनि आएन । फागुनको पहिलो सातामै पार्टीले मिसन ग्रास रुट अभियान शुरु गरेको भएपनि त्यसमा सचिव लेखराज भट्टले सुदुरपश्चिममा अलि बढी सक्रियता देखाए भने अन्य नेताहरूले त्यसमा खासै चासो राखेनन् ।
रामबहादुर थापा बादल भने एकाध स्थानबाहेक अन्य कतै नगई घरबाट बाहिर निस्केनन् । टोपबहादुर रायामाझी तथा उनका छोरालाई नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग पैसा असुल गरेको आरोप लागेपछि रायमाझी समेत गुमनाम रहेका थिए । साथै बादलका छोरा प्रतीक थापा पनि असुली धन्दामा आइरहने नाम भएकाले उनी पनि गुमनाम जस्तै छन् ।
यस्तै बेलामा माओवादीका पूर्व नेता एवं एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको घटनाले एमालेको नेतृत्व तहमै एक प्रकारको शंका उपशंका उत्पन्न भएको छ । द्वन्दकालिन मुद्दामा प्रधानमन्त्री प्रचण्डका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि पूर्व माओवादीहरू एक ठाउँमा उभिएर त्यसका विरुद्ध विज्ञप्ति जारी गर्ने र सरकारलाई खबरदारी गर्ने काम गरेका भएपनि एमालेमा रहेका माओवादीहरू चुपचाप रहेका थिए । त्यस क्रममा प्रचण्डसँग भट्टको भेट हुँदा एमालेहरु सशंकित भएका हुन् ।
तत्कालीन नेकपाको विभाजनमा केपी शर्मा ओलीलाई साथ दिएका र त्यसयता माओवादीसँग ‘पानी बाराबार’ को अवस्थामा रहेका भट्टले एकाएक आफ्नै घरमा बोलाएर प्रचण्डसँग भेट गरेपछि एमालेका शीर्ष नेताहरु सबैभन्दा धेरै सशंकित भएको स्रोतले जनाएको छ । गत चैत २५ गते प्रचण्डले कैलालीको अत्तरियास्थित भट्टको घरमा पुगेर भेटघाट गरेका थिए । उक्त भेटलाई भट्टले सामान्य रुपमा लिनुपर्ने बताइरहँदा एमाले नेताहरूले भने पूर्व माओवादीसँग खुलेर कुरा गर्न नखोजेको स्रोतको दावी छ । भट्टले प्रचण्डसँगको भेटबारे पारिवारिक मात्रै भएको बताएपनि एमालेका नेताहरूलाई स्वीकार गर्न असहज भैरहेको छ ।
सुदूरपश्चिम पुगेका बेला प्रचण्ड भट्टको घरमा छिरेको भनिए पनि वास्तवमा योजनाबद्ध भेटघाट भएको एमाले नेताहरुको बुझाई छ । एमालेमा सन्तुष्ट नरहेका भट्टलाई अध्यक्षसँग भेटाउन माओवादी सुदूरपश्चिम प्रदेशका नेताहरु लामो समयदेखि निरन्तर क्रियाशिल थिए । प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको कार्यक्रममा पुगेका बेला माओवादीमा रहेका लेखराजका ‘फ्यान’ तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाट लगायतको पहलमा भेटघाट भएको एमालेका नेताहरुसँग सूचना पुगेको थियो । एमालेभित्र शंका उपशंकालाई कम गर्न भट्टले प्रचण्डको चाहनाअनुसार भेट भएको प्रतिक्रिया दिएको भएपनि त्यसमा षडयन्त्रको गन्ध रहेको एमालेका नेताहरुले गाइगुइ हल्ला गर्न थालेका छन् ।
प्रचण्ड र लेखराज यसअघि कैयौँ पटक सार्वजनिक कार्यक्रममा भेट हुँदा बोलचालसमेत भएको थिएन । २२ महिनादेखि उनीहरुको सम्वाद र भेटघाट बन्द थियो । एमाले अध्यक्ष ओलीको प्रतिगमन विरुद्धको आन्दोलनताका २०७७ माघ १७ गते धनगढीमा भएको कार्यक्रममा प्रचण्डले भट्टलाई ‘दलाल’ समेत भनेपछि बोलचाल बन्द भएको थियो । भट्ट एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीभित्र जिम्मेवारी दिने वार्ता समितिको सदस्य पनि रहेका छन् । विगतमा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापासँग भट्टको राम्रो सम्बन्ध भएपनि अहिले त्यो सम्बन्धमा विस्तारै दरार उत्पन्न भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार