विज्ञ समूह बनाएका अर्थमन्त्रीले कसरी बनाउँदैछन् बजेट ?
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १३:२६:५९
८ वैशाख, काठमाडौं । संवैधानिक व्यवस्था अनुसार १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्छ । मन्त्रालयको कोरटिम बजेट तयारमा जुटिरहेपनि अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटतर्फ खास ध्यान दिन सकेका छैनन् । उनलाई अर्थतन्त्रको गर्जो कसरी टार्ने भन्ने बढी चिन्ता छ । पुँजीगत खर्च बढाउनेभन्दा चालुखर्चकै जोहो गर्न उनका लागि चुनौती बनिरहेको छ ।
चालुखर्च चलाउने भनेको आन्तरिक स्रोतबाट हो । आन्तरिक स्रोत राजश्व संकलन न्यून छ । राजस्श्वको संकलनबाट उठेको रकम भन्दा चालुखर्चको अनुपात धेरै माथि पुगेको छ । राजश्व संकलन बढाउन उनले मातहतका अधिकारीलाई घचघच्याई रहेका छन् । दुइदिन अघि आन्तरिक राजस्व कार्यालयका प्रमुखहरुलाई अर्थ मन्त्रालयमा बोलाएर इमानदारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए थिए । पछिल्लो समय भ्याटमा नक्कली बिलको समस्या आइरहेकाले पनि राजश्वमा कमी देखिएको छ । यो वित्तीय अपराधिक गतिविधिलाई रोक्न मातहतका निकाय गम्भीर देखिएका छैनन् ।
उनले अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन र आगामी बजेटसहित आर्थिक नीति र जनताहरुप्रति लक्षित गर्दै अर्थ मन्त्रालयको सल्लाहकारमा ३ जना ल्याएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई नियुक्त गरेको हो । यसलाई अर्थमन्त्रीको विज्ञ सल्लाहकार समूहका रुपमा परिचालन गर्ने तयार गरिरहेको छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको इच्छाअनुसार अर्थको प्रमुख आर्थिक सल्लाहकारका रुपमा तीन विज्ञहरुलाई ल्याइएको हो । अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटाउने र नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय संगै राखेर बजेट र वित्तीय निीति बनाउने सोच उनको छ । डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेकाले उनले खास गरी आगामी बजेटमा योजनाहरु निर्धारण गर्न सघाउनेछन् । डा. पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुन् । उनले बाह्य अर्थतन्त्रका सूचक र लगानीका विषयमा अर्थमन्त्रीलाई सघाउनेछन् ।
बजेटमा राय संकलनको काम जारी छ । अर्थमन्त्रीले भने बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिने/दिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमान्दारिता जस्ताराजश्वकै विषयमा प्रथमिकता दिइरहेका छन् । अर्थमन्त्रीले भनेझै आर्थिक क्रियाकलापमा सुस्तता आएकाले राजस्व घटिरहेकै छ । राजस्व संकलन आर्थिक गतिविधिमा आधारित हुन्छ । त्यसमा सुस्तता आएको छ । राजस्वको संरचनामा सबैभन्दा बढी हिस्सा ओट्ने मूल्य अभिवृद्धि कर घटेको छ ।
आन्तरिक उत्पादन, उपभोग र पैठारी कम छ । व्यक्तिगत र संस्थागत आयकर अनि अन्तःशुल्क घटेको छ । बैंकको जोखिमयुक्त ऋण ३ प्रतिशतबाट उकालो लागेको छ । घरजग्गा कारोबारसँगै पुँजीगत लाभकर घटेको छ । पुँजीगत खर्च अत्यन्त न्यून छ । यो अर्थतन्त्रका लागि चिन्ताजनक अवस्था नै हो । यो अहिलेको समस्या होइन् । १० वर्ष अगाडिको आर्थिक सर्वेक्षणको रोग अहिले पनि उस्तै कायम छ । अर्थमन्त्रीकै भाषमा राजस्व नतिरिएको भने होइन, तिरिएको छ । ५३ लाख प्यान नम्बर लिएका संस्था र व्यक्ति छन् । त्यो भनेको कुल जनसंख्याको १७ प्रतिशत हाराहारी हो उनीहरुले राजश्व तिरिरहेका छन् ।
५० प्रतिशत राजस्व घटेको स्थितिमा अर्थमन्त्रीले कसरी बजेट बनाउने भन्ने चिन्ता अर्थविदहरुले पनि राखेका छन् । उनीहरुको भनाइमा चालु खर्च बढी छ, अनुत्पादक खर्च बढी छ, दिगो र भरपर्दो राजस्व कम छ । राजस्वमा ५० प्रतिशत मात्र उठेको छ । यो गम्भीर विषय हो । साधन र स्रोतको अभावमा अर्थमन्त्रीले केबाट बजेट बनाउने त्यो भने हेर्न बाँकीरहेको उनीहरु बताउँछन् । राजनीतिक प्रभावमा राखिएका अनावश्यक आयोजनामा पैसा नहाल्न, चालु खर्च घटाउन, मितव्ययी हुन, कृषि, लाइभस्टक, जलविद्युत् लगायत उत्पादनशील क्षेत्र र अत्यावश्यक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर चुस्त आकारको बजेट बनाउन मन्त्री महतलाई अर्थविदको सुझाव छ ।
राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले पनि राजस्वमा कमी आएको छ । अहिले पनि विभागबाट आउने समीक्षा प्रतिवेदनले एउटा राजस्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपात देखाइरहेको छ । झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार