राष्ट्र बैंकको कारवाहीमा परे ९ वाणिज्य बैंक र तिनका सीईओ, करोडौंको जरिवानादेखि सचेतसम्म
वित्तीय नियम उल्लंघन गर्ने ९ वाणिज्य बैंकमाथि जरिवानासहित राष्ट्र बैंकले गर्यो कारवाही
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १५:१८:५८
८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय नियय उल्लंघन गरेको आरोपमा ९ वाट बाणिज्य बैंकमाथि जरिवानासहित कारवाही गरेको छ । राष्ट्र बैंकले अन्य केही बैंकहरुलाई भने सचेत गराएर छाडेको छ । बाँकी ९ वटा बैंकबाट जरिवानासमेत असुलिएको छ । यसरी कारवाही गरिएका बैंकहरुले साउनदेखि चैत मसान्तसम्म हिसाब राफसाफ नगरेको राष्ट्र बैंकको भनाइ छ ।
कारबाहीमा परेकामध्ये तत्कालीन सेञ्चुरी कमर्सियल बैंकलाई २ करोड ८४ लाख रूपैयाँ जरिवाना गरिएको छ । सो बैंकले साउन र भदौमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेकोमा सो बैंकलाई १० लाख रूपैयाँ जरिवाना गरिएको छ ।
साउनमा कर्जा निक्षेप अनुपात कायम नगरेको नेपाल बैंकलाई १८ लाख ५९ हजार रूपैयाँ जरिवाना गरिएको छ । साउन, भदौ र असोजमा सो अनुपात कायम नगरेको नबिल बैंकलाई ६ करोड ४६ लाख जरिवाना गरिएको छ । भदौ र असोजमा ग्लोबल आईएमई बैंकले सो अनुपात कायम नगर्दा ४ करोड ४२ लाख रूपैयाँ जरिवाना गरिएको छ भने सोही प्रकृतिको कारबाहीमा कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रूपैयाँ तथा हिमालयन बैंकलाई ७१ लाख ७२ हजार रूपैयाँ बराबर जरिवाना गरिएको छ ।
तत्कालीन एनसीसी (हाल कुमारीमा गाभिएको) र कुमारी बैंकलाई भने सचेत गराइएको छ । राष्ट्र बैंकका अनुसार कुमारीले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुने गरी गरेको र तत्कालीन एनसीसीले सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधि विपरीत एकै समूहलाई एकभन्दा बढी सहुलियत कर्जा प्रवाह गरेका थिए । तत्कालीन एनसीसीका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले उनलाई ५ लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कर्जाको पुरानो फाइल समेत खोजेर आफ्नो पदको दुरुपयोग गरेका श्रेष्ठलाई कारबाही गरेको हो । उनी हाल प्राइम कर्मशियल बैंककाे डेपुटी सीईओका रूपमा कार्यरत छन् ।
राष्ट्र बैंकले तत्कालीन एनसीसी बैंकलाई एकै समूहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा दिएको, आवश्यकता अनुसार प्रोभिजन नगरेको र कर्जाको प्रिमियम दरमा परिवर्तन गरेकोले सचेत गराएको जनाएको छ । ‘तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा सम्बन्धी एकीकृत कार्यविधि २०७५ को २६ (क) विपरीत एकै समूहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा यस बैंकको निर्देशन विपरीत हुने गरी कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको छ ।’ राष्ट्र बैंकले भनेको छ ।
‘यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकाले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको छ । एनसीसी बैंकसँगै मर्जर भएको कुमारी बैंकलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । बैंकले निक्षेपमा प्रकाशित भन्दा बढी ब्याज दिएको, जोखिममा रहेको कर्जामा पर्याप्त प्रोभिजन नगरेको, कर्जाको जोखिम भार कम गणना गरेको राष्ट्र बैंकले जनाएको छ ।
‘तत्कालीन कुमारी बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुँदा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको छ’ राष्ट्र बैंकले भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार