उपनिर्वाचन लगत्तै जनमतले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने !
नेपालबहस संवाददाता
बैशाख ९, २०८० शनिबार १४:३१:२९
९ वैशाख, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट सीके राउतले नेतृत्व गरेकाे जनमत पार्टीले अलग हुने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानेपानी मन्त्रालयबाट राजीनामा दिइ सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारीमा लागेकाे छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायत दलले धोका दिएको र बाराको उपनिर्वाचन लगत्तै फिर्ता हुने जनमत पार्टीका एक नेताले बताए ।
यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सत्तारूढ गठबन्धनमा रहेका दलले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय औपचारिक रूपमै गरेकाले जनमतका उम्मेदवारले गठबन्धनबाट सहयोग नपाउने भएपछि निर्वाचन लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भएको हो । बारा २ मा सत्तारूढ गठबन्धनबाटै दुई उम्मेदवार मैदानमा छन् । सत्तारूढ गठबन्धनले यादवलाई जिताउन परिपत्र नै जारी गरेको छ । त्यसकारण जनमतका अध्यक्ष सीके राउत गठबन्धनसँग चिढिएका छन ।
चैतमा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा पनि आफूहरूलाई गठबन्धनबाट धोका भएको जनमतका नेताहरूको निष्कर्ष छ । उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनमा रहेका दलले जसपाका उम्मेदवारलाई सहयोग गरेका थिए भने जनमतका उम्मेदवारले गठबन्धनमै रहेका दलहरूबाट सहयोग पाएका थिएनन् । जनमतका महासचिव चन्दन सिंहले पछिल्लो समय गठबन्धनबाट असहयोग हुँदै आएकाले उपनिर्वाचनपछि जनमत पार्टीले सत्तारूढ गठबन्धन छाड्ने संकेत गरेका छन् ।
‘अहिलेकै अवस्थामा हामी गठबन्धनमा नरहने करिब करिब निश्चित छ । नेपाली कांग्रेस, माओवादी केन्द्र केही लचिलो भए र हामीले मागेको मन्त्रालय दिन तयार भए भने त्यो बेग्लै कुरा हो,’ महासचिव सिंहले भने । महासचिव सिंहले भने जनमत पार्टी पुनः खानेपानी मन्त्रालयमा नफर्किने प्रस्ट पारेका छन् । जनमतले उद्योग मन्त्रालय पाउनुपर्ने माग राख्दै आएको थियो तर गठबन्धनमा रहेका दलहरूले जनमतलाई उद्योग मन्त्रालय दिन तयार भएनन् । त्यस लगत्तै खानेपानी मन्त्री तथा जनमत पार्टीका नेता अब्दुल खानले राजीनामा गरेका थिए ।
अर्का एक नेताका अनुसार जनमतलाई उद्योग मन्त्रालय नदिनुमा जसपाका अध्यक्ष उपेन्द्र यादवको हात रहेको छ। सत्तारूढ गठबन्धनमा अहिले १० दल छन् । जनमत गठबन्धनबाट बाहिरियो भने सरकारलाई नौ दलको समर्थन हुनेछ । यादव र राउतबीचको लडाइँमा तराई मधेस केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने यादवलाई खुलेर सघाउँदै आएको छ । लोसपाबाट बारा २ मा उम्मेदवारी दिने तयारी गरेका राजेन्द्र महतोले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए र यादवलाई सहयोग गर्ने घोषणा गरेका थिए । यादव र राउतबीचको टकराव पहिलो पटक होइन । तर पछिल्लो समय टकराव झन् बढेको हो । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ मा जनमतका अध्यक्ष राउतले जसपाका अध्यक्ष यादवलाई पराजित गरे । यादवले सुरुमा सप्तरी २ मा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
यादवले घोषणा गरि सकेपछि राउतले पनि सप्तरी २ मै उम्मेदवारी दिने बताएका थिए । चुनावमा राउत विजयी र यादव पराजित भए । पुनः प्रतिनिधिसभामा आउन यादवले बारा २ मा उम्मेदवारी दिएका छन् । यसका लागि उनले बारा–२ बाट विजयी भएका रामसहाय यादवलाई राष्ट्रपति बनाए । उपनिर्वाचनमा चुनाव जित्न सबैभन्दा सजिलो क्षेत्र बारा २ रहेको विश्लेषण गर्दै उपेन्द्रले उपराष्ट्रपतिमा रामसहायलाई पठाएका हुन् । तर यादवको प्रयासमा राउतले तगारो बन्ने प्रयास गर्दै आएका छन् । यादवलाई हराउन राउतले केही समयअघि बारामा लोकप्रिय मानिएका माओवादीका नेता शिवचन्द्र कुशवाहलाई आफ्नो पार्टीमा ल्याएका थिए । उनै कुशवाहलाई राउतलाई बारा २ मा उम्मेदवार बनाएका छन् । त्यसैले यादवका लागि कुशवाह चुनौतीपूर्ण उम्मेदवार हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार