भन्सारले गलत भन्सार मुल्यांकन गर्दा हुन्डी र तस्करीको कारोवार बढ्यो
नेपालबहस संवाददाता
बैशाख १०, २०८० आइतबार १३:३३:१८
१० वैशाख, विराटनगर । नवनियूक्त अर्थमन्त्री डा. प्रकाश शरण महतले देशको गिर्दो अर्थतन्त्र बारे बारम्बार चिन्ता व्यक्त गरे पनि भन्सारको परम्परागत मूल्याङ्कन नीतिका कारण राजश्व संकलन नै प्रभावित भएको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको छ ।
आयातकर्ता व्यवसायीहरूले सरकारलाई बारम्बार बजार मूल्य अनुसारको सामान आयात गरी बिल बीजक अनुसार आयात भएको सामान भन्सार मूल्याङ्कनबाट जाँच पास हुनुपर्ने भन्दै पटक पटक सुझाव दिँदा समेत कुनै सुनवाई नै नगरेको गुनासो आयात कर्ता व्यवसायीको छ । सरकारले बिल बीजक अनुसारको सामान भन्सारले मूल्याङ्कन नगरेका कारण पछिल्लो समय नेपाल र भारतको खुला सीमा नाका प्रयोग गरी व्यापक तस्करी समेत बढेको भनाई आयात कर्ता व्यवसायीको छ । जसले गर्दा पछिल्लो समय बजारमा सरकारको राजश्व त छली भएको छ नै अर्कोतर्फ बजारमा हुन्डीको कारोबार पनि फस्टाएको दावी व्यवसायीको छ । यसले हुण्डी र तस्करीको कारोबारलाई निरूत्साहित गर्नुपर्नेमा अहिले झनै बढेर गएको छ ।
हामी कहाँ रहेको (ब्युरोक्रेसी) कर्मचारीतन्त्रको माथिल्लो निकायबाट यो कुराको कुनै वास्ता नगरेको कुरा बताइन्छ । माथिल्लो निकायका कर्मचारीहरू भन्सारमा हामीले मूल्यांकन बढी बनाएर बढी राजश्व उठाई हाल्छौ भन्ने मानसिकताका कारण अहिले बजारमा तस्करी र हुन्डी कारोबार फस्टाउँदै गएको छ । ३ वर्ष देखि ९० प्रतिशत भारतबाट तस्करी भएर आइरहेको सुकमेलमा पनि पछिल्लो समय केही आयात कर्ताले आयात गरी ल्याउँदा समेत भन्सार मूल्याङ्कनको लफडाका कारण लामो समयसम्म भन्सारमा त्यसै थन्किएर बसेको घटना केही पहिले सार्वजनिक भएको थियो ।
उक्त सामान भन्सारमा लामो समय थन्किनुमा विगत ६ महिना देखि विदेशमा बजार मूल्य १० यू.एस. डलरबाट घटेर हाल ५.५ं० यू.एस डलर पुगेको भनाई आयातकर्ताको छ । उक्त मुल्यबाट उत्साहित भएर आयात कर्ताहरुले विदेशबाट सुकमेल मगाएका व्यवसायीलाई भन्सार विभागले शुरु शुरुमा बिल मूल्यलाई मान्यता दिई जाँच पास गरेर छाड्दै आएको भनाइ व्यवसायीको छ । तर पछि आएर भन्सार विभागले यसको मूल्याङ्कन तोकेर १२.५० यू.एस. डलर प्रति केजीका दरले मुल्याँकन गरी छोडने निर्णय गरेपछि करोडौं मूल्यको सुकमेल लामो समय भन्सार कै गोदाममा थन्किएर बसेको गुनासो आयातकर्ताको छ ।
सुकमेल आयात गर्ने वीरगञ्ज र विराटनगरका आयातकर्ताले बारम्बार भन्सार विभागमा प्रमाणसहित पुगेर अनुरोध गर्दा समेत भन्सार विभागले नयाँ मूल्यांकन नयाँ अर्थमन्त्री आएपछि गरेर सच्चाई दिन्छौं भन्ने जवाफ दिए पनि नयाँ अर्थमन्त्रीको नियुक्तिसँगै भन्सारको नयाँ मूल्यांकन पुस्तिकामा पनि १२.५०. यू.एस. डलर नै मुल्याँकन कायम गरिनु दुर्भाग्यपूर्ण भएको भनाई व्यवसायीको हो । यसले गर्दा अब आयातकर्ताहरुले बाध्यताबस यू.एस. डलर १२.५० को नोटिस मार्फत नै आयात गर्नुपर्छ । नत्र ५० प्रतिशत जरिवाना पनि तिर्नुपर्ने बाध्यकारी अवस्था व्यवसायीको छ । हाल सुकमेलको अन्तर्राष्ट्रिय बजार मूल्य १.५० डलरबाट बढेर ७ देखि ८.५ यू.एस. सम्म पुगेको छ । जसका कारण सरकारी नीतिले गर्दा आयातकर्ताहरु अन्यौलमा रहेका छन् ।
सोही कुरा हाडे बदाममा पनि सरकारले ४.७० यू.एस. डलर केजीको बदामलाई पहिले ५ यू.एस. डलर प्रति केजीमा छोडने गरेकोमा अहिले आएर नयाँ मूल्यांकन पुस्तिकामा ६.५० यू.एस. डलर प्रति केजी कायम गरेपछि आयातकर्ताहरु माझ झन अन्यौलता बढेकोे छ । अहिले भारतमा बदामको कस्टम डियूटी नेपाल भन्दा कम रहेका कारण नेपालले झन मुल्यांकन बढाए पछि भारत देखी तस्करीबाट बजारमा भित्रिने क्रम बढेको छ । त्यसले गर्दा आयातकर्ता र सरकार दुवै पक्षलाई नोक्सानी हुन जाने निश्चित भएको छ ।
त्यसै गरी कालो मरिचको आयातमा पनि नेपाल सरकारले ३ बर्ष देखि प्रतिबन्ध गरि राखेका कारण नेपाल आउने सबै कालो मरिच अहिले भारतबाट तस्करीको बाटो हुँदै विभिन्न नाकाबाट नेपाल छिरिरहेको छ । यस्तो अवस्था अन्य ड्राई फुडहरुमा पनि रहेको छ । काजु, पिस्ता लगायतका सबै खानेकुराको मूल्यांकन कस्टम अफ डियूटी बढी भएपछि आखिर सामान भारतबाट तस्करीको बाटो हुँदै भित्रिने दावी आयातकर्ता व्यवसायीको छ । जसको कारण यसरी सरकारको गलत नीतिले गर्दा तस्करी र हुण्डी व्यापार झनै बढेको हो । यो सरकार र आयातकर्ता व्यापारी दुई पक्षका लागि नै घातक सिद्ध हुने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार