सरकारी स्कुल रित्तै भएपछि निजी स्कुलका बस संचालनमा रोक
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १२:१२:१७
१० वैशाख, स्याङ्जा । गल्याङ नगरपालिका भित्रको शिक्षा क्षेत्रको गुणस्तरको बारेमा विभिन्न प्रश्न उठिरहेका बेला पालिकाले शिक्षाको गुणस्तर सुधारतर्फ ध्यान दिनुको साटो उल्टै निजी क्षेत्रका विद्यालयको सवारी साधनमा रोक लगाएको छ ।
सरकारी स्कुलमा विद्यार्थी घट्दै गएको र धेरै विद्यार्थी आफ्नै वडा भन्दा बाहिर गएको भन्दै गल्याङ नगरपालिका वडा नम्बर २ ले आफ्नो वडा भित्र अन्य विद्यालयका सवारी साधन चलाउन रोक लगाएको हो ।
वडा कार्यालयले जारी गरेको पत्रमा उल्लेख भए अनुसार वडा नम्बर २ मा रहेको श्री शिवालय माविमा विद्यार्थीको संख्या घट्दै गएको र आफ्नो वडाका विद्यार्थी अन्यत्र गएको हुँदा अन्यत्र स्कुलका स्कुल बस आफ्नो वडा भित्र प्रवेश निषेध गर्न अनुरोध गरिएको छ । पत्र अनुसार अन्यत्रका स्कुल बस आफ्नो वडामा आएर विद्यार्थी लिएर जाँदा आफ्नै वडाको स्कुल बन्द हुने अवस्थामा पुगेको हुँदा अन्य क्षेत्रका स्कुल बस आफ्नो वडामा प्रवेश नदिन नगर्न आग्रह गरिएको छ ।
वडाले जारी गरेको पत्र उक्त वडामा विद्यार्थी लिन आउने विद्यालयमा पुगे पनि उक्त पत्रको बारेमा नगरपालिकाको शिक्षा शाखालाई भने कुनै जानकारी नभएको गल्याङ नगरपालिका शिक्षा शाखाका प्रमुख केदार आचार्यको भनाइ छ । आचार्यले भने “बस चल्न रोक लगाउने बारेमा वडा अध्यक्षले एकपटक सोध्नु भएको थियो । मैले त्यसो गर्न हुँदैन भनेको हो । बाँकी पत्रको बारेमा शिक्षा शाखालाई कुनै जानकारी छैन ।”
आफ्नो वडाका विद्यार्थी अन्यत्र गए भनेर विद्यार्थी रोक्न स्कुल बस रोक्ने वडाको निर्णय अव्यवहारिक भएको चिरान आवासीय उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल टेक बहादुर खत्रीको भनाइ छ । उनले भने “विद्यार्थी रोक्न अन्यत्रका स्कुल बस रोक लगाएर होइन उक्त स्कुलको शिक्षाको गुणस्तर सुधार गर्न ध्यान दिनुपर्छ ।” विद्यार्थीले रोजेको स्कुलमा पढ्न पाउने भन्दै यसमा कसैले जबर्जस्ती गर्न नहुने उनको धारणा थियो ।
“देशमा गणतन्त्र आयो भन्छन् तर यहाँ हाम्रा छोराछोरीलाई पढ्न समेत रोक लगाइएको छ ।” गल्याङमा रहेको चिराग आवासीय उच्च माविमा गल्याङ नगरपालिका २ को इलुङा देखि आफ्नो छोराछोरी पढ्न पठाएका तिल प्रसाद थापाको भनाइ छ । उनले भने “इलुङाबाट करिब १०,१२ जना विद्यार्थी गल्याङको चिराग आवासीय उच्च माध्यमिक विद्यालय पढ्न जाने गरेका छन् । यो निर्णयले विद्यार्थीको मानसिकतामा समेत असार परेको छ ।” विद्यार्थी रोक्न यस्तो निर्णय गर्नु भन्दा स्कुलको शैक्षिक गुणस्तर सुधार गर्न आफ्नै वडालाई उनको सुझाव छ ।
त्यस्तै जैपतेदेखि छोराछोरी पढ्न गल्याङ पठाउँदै आएका अभिभावक ज्ञानु थापाले पनि यस्तो निर्णय प्रति असहमत जनाएका छन् । उनले भने “विद्यार्थी यहीँ सरकारी स्कुलमा पढाउनु पर्छ भन्ने निर्णयमा मेरो मात्रै होइन सबै अभिभावकको असहमति छ ।” निजी स्कुलको गाडीमा रोक लगाएपछि आफ्ना छोराछोरी सार्वजनिक सवारी साधनमा स्कुल पठाएको गुनासो उनको थियो । “शिक्षाको गुणस्तर सुधार्न तिर ध्यान दिनुस् हामी विद्यार्थी लिएर आफ्नै आउँछौ ।” अभिभावक रानाको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार