प्रशासकीय अधिकृत साहद्वारा व्यापक अनियमितता: एक वर्षको इन्धन खर्च आठ महिनामै स्वाहा
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १२:२५:५६
१२ वैशाख, विराटनगर । आफ्ना आसेपासे खुशी पार्न ८ लाखभन्दा धेरै बजेट टुक्रे योजना कार्यान्वयनका लागि भन्दै मोरंग जिल्लामा रहेको ग्रामथान गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नै खुशीमा खर्च गर्ने गरी बजेट राखेको पाइएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले चालू आर्थिक वर्ष २०७९-८० मा कार्यकर्ता र आसेपासेलाई लक्षित गरेर वडा कार्यालयले जस्तै गरी टुक्रे योजना बाँडेर पैसा खर्च गर्ने बजेट सार्वजनिक गरेपछि त्यसबेला नै व्यापक विरोध भएको जनप्रतिनिधिहरू बताउँछन् ।
अब आर्थिक वर्षको अन्त्यमा आई सकेपछि पछिल्लो समय मनखुसीले आफना आसेपासेलाई गाउँपालिकाका प्रशासकीय अधिकृत मनोज साहमार्फत धमाधम कामै नलागेसम्मका योजना बाँडेको कुरा जानकारहरुले बताएका छन । स्वयं गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय कुमार गच्छदारको सिफारिसबाट टिकट पाएर अध्यक्षमा निर्वाचित भएपछि उनै गच्छदारको सिफारिसमा प्रशासकीय अधिकृत मनोज साहलाई ल्याएर ब्रम्हलुट मच्चाउन थालेको कुरा स्रोतहरूले बताएका छन ।
ग्रामथान गाउँपालिकामा हाजिर हुनुभन्दा अगाडि प्रशासकीय अधिकृत साह मोरंग जिल्लाको धनपालथान गाउँपालिकामा कार्यरत रहेका बेला उक्त गाउँपालिकामा पनि व्यापक आर्थिक अनियमितता भएपछि साहलाई मुख्यमन्त्री कार्यालयमा हाजिर गराएर राखिएको थियो । तर पावर र शक्तिको अगाडि केही नलागेपछि तिनै साह कांग्रेस नेता विजय गच्छदारको सिफारिसमा ग्रामथान गाउँपालिकाको प्रशासकीय अधिकृत भएर आएपछि विगत दुई वर्ष देखी ब्रम्हलुट मच्चाउन सक्रिय भएका छन । अहिले गाउँपालिका अध्यक्ष स्वयं गच्छदार समूह कै भएका कारण पनि दुवैले ऐन कानुनले नदिएता पनि कुनै कानुन समेतले नछेक्ने गरी गाउँपालिकामा अनियमितताको चाङ नै लागेको कुरा सोही गाउँपालिकाका स्थानीयबासीहरु बताउन थालेका छन ।
गाउँपालिकाका अध्यक्षले आफ्ना कार्यकर्ता देखी आसेपासेलाई खुशी बनाउनको लागि आर्थिक वर्षको अन्तमा आइपुग्दा टुक्रे काम बनाएर बाँड्ने काम भएको छ । आफ्नो वडा स्तरका नेता र आफन्तहरूलाई उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष बनाएर कामको बाँडफाँट गर्ने जिम्मा प्रशासकीय अधिकृत साहले गर्ने गरेको बताइएको छ ।
समितिले पनि साना निर्माण व्यवसायीमार्फत काम गराउने र बढीभन्दा बढी रकम बचाउने गरी कमसल काम हुने गरेको गुनासो स्थानीयहरुबाट आउन थालेसँगै ग्रामथान गाउँपालिकामा प्रशासकीय अधिकृतबाट भएको चरम लापरबाहीको घटना बाहिरिएको छ । जसले गर्दा यस्ताखाले क्रियाकलापले समग्र गाउँपालिकाको विकासमा भने नकारात्मक प्रभाव पर्ने निश्चित छ ।
त्यसै गरी प्रशासकीय अधिकृत साहले अध्यक्ष र उपाध्यक्षलाई खुशी बनाउनका लागि गाउँपालिकाले एक वर्षका लागि विनियोजन गरेको चालू आर्थिक वर्षको ८ महिनामा नै ६ लाख मूल्य बराबरको इन्धन खर्च गरेर ब्रम्हलुट मच्चाएको रहस्य खुलेको छ । त्यस बाहेक प्रशासकीय अधिकृत साहले गाउँपालिकाका नाममा स्टेशनरी खरिद, तालिमका नाममा जथाभावी खर्च देखी सुचना प्रकाशनमा समेत निश्चित प्रतिशत अग्रिम रकम अगाडि नै लिएर मात्रै भुक्तानी गर्ने गरेको दावी स्रोतले गरेको छ ।
उक्त कुराको रहस्य केही समय पहिला ग्रामथान गाउँपालिकाको बजेटबाट निर्माण सम्पन्न भएको एउटा योजनाको भुक्तानी स्वयं प्रशासकीय अधिकृत साहले लेखा शाखाबाट आफैले लिएर उपभोक्ता समितिसँग ठाडै कमिशन माग गरेपछि अधिकृत साहको कमाउधन्धा सार्वजनिक भएको थियो ।
फोटोः आर्थिक अनियमितताको आरोप लागेका ग्रामथान गाउँपालिकाका प्रशासकीय अधिकृत मनोज साह, गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार र ग्रामथान गाउँपालिका ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार