उपचुनाव सकियोः सभापतिले सुनाए, महामन्त्रीले सुने !
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १२:२१:३५
१३ बैशाख,काठमाडौं । वैशाख १० मा सम्पन्न उपनिर्वाचनको नतिजा सार्वजनिक भइनसक्दै नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएर पार्टी सुधारको विषयमा गम्भिर समीक्ष गर्नुपर्ने बेला आएको बताएको थियो । खास गरी दुइदिनसम्म चलेको दलको बैठक आगामी आर्थिक वर्षको बजेट कसरी बनाउने भन्ने अर्थमन्त्रीलाई सुझाव दिनका लागि डाकिएको थियो । तर, बैठकको सुरुमै पार्टी सभापति शेरबहादुर देउवाले चुनावमा हारेको सिर दुई महामन्त्रीलाई पोखेका थिए ।
सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई तनहुँ र चितनवको चुनाव चिताउने जिम्मा दिएका थिए । उनीहरुले दुबै क्षेत्रका उम्मेदवारलाई जिताउन नसकेर हार भएपछि सभापति देउवाले लामै समय खर्चिएर पार्टीभित्र गोलमटोल रुपमा समीक्ष गर्नु पर्ने बताएका थिए । तर, अहिले समीक्षाका विषयमा सभापति सुनाउने र महामन्त्रीद्वयले सुन्ने कामबाहेक केही भएको छैन् । दुबै महामन्त्रीले सामाजिक सञ्जालमार्फत उपचनावबारे समीक्ष हुने बताए ।
कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइराला पनि उपचुनावको समीक्षका लागि पार्टीका बैठहरु बालाउनुपर्ने विषयमा मौन नै छ । उनले विराटनगर पुगेर उपचनावमा हारका कारणबारे निर्मम समीक्षा हुने बताएका थिए । त्यस यता कांग्रेसभित्र छलफलका लागि न सभापतिले चासो राखेका छन नत बैठक बोलाएर तात्तातै यो विषयको निक्यौल गर्नुपर्ने तयारीमा महामन्त्रीहरु अगाडी सरेका छन् । सडमा माउ भनिएको कांग्रेसका विषयमा ‘अब पनि सध्रिएन भने कांग्रेस सकिन्छ’ भन्ने बहस सुरु भइसकेका छन् ।
पार्टी नेतृत्व नबोल्दा आम कांग्रेस कार्यकर्ताको तहमा यतिबेला निरासा छाएको छ । चोक चोकमा पार्टीविरुद्धका आवाज सुनिदा उनीहरु यही पार्टीमा रहिरहने कि छोडेर अन्यत्रै लाग्ने दोसाधमा परेका छन् । उपचनावपछि माहामन्त्रीद्वयको पनि राजनीतिक उच्चाई घटेको छ । कांग्रेसले नेता कार्यकर्ता माहमन्त्रीबाट पार्टीमा सुधारका काम हुने कुरामा विश्वस्त देखिन छाडेका छन् । अहिले पार्टीको केन्द्रीय समिति बोलाउने कुरामा कांग्रेस नेतृत्व अग्रसर देखिएको छैन् ।
कांग्रेस नेताहरुका अनुसार कांग्रेसको माहमन्त्री पद भनेको पार्टीको सशक्त पद हो । उनीहरुले सभापतीलाई दवाव दिएर पार्टीमा छलफलका लागि वातावरण बनाउने पार्टी सुधारका एजेण्डहरु तले तहदेखि नै बनाउन लगाएर केन्द्रमा छलफल गराउनुपर्ने हो । तर, यो सम्भावना नदखिएको नेताहरु बताउँछन् । कांग्रेसको केन्द्रीय समितिको बैठक नबसेकै सात महिना हुन लागेको छ । सभापति देउवा धुम्बाराहीमा संस्थापन पक्षका सीमित नेताहरुसँगको जम घटमा नै व्यस्त छ ।
उपचनावको नतिजापछि एकथरी कांग्रेस नेताहरु पार्टीबाट भएका कमिकमजोरीहरु केलाउन सहि बेला आएको बताइरहेका छन् । कांग्रेस यतिबेला फुर्सदमा पनि छ । यसअघि मंसिर ४ को निर्वाचन सकिएर सरकार बनाउने बेलामा गठबन्धन भत्किएपनि सभापति देउवा नै यसको कारण भएको भन्दै कांग्रेसमा विशेष अधिवेशनको समेत माग भएको थियो । महामन्त्रीले विशेष महाधिवेशन नबोलाउने भए नीति अधिवेशन बोलाउनु पर्ने भन्दै विज्ञपती नै निकालेक थिए ।
कांग्रेस कोइराला समूहका एक नेताको भनाइमा कांग्रेसभित्र बृहत छलफलको समय आएको छ । यतिबेला पार्टीका खास अरु काम नभएकाले केन्द्रीय समितको बैठक बोलाएर लामो छलफल हुनुपर्छ । केन्द्रीय समितिको बैठक मात्र हैन, महासमिति बैठक बोलाउन ढिला भइसहेको छ । महासमिति बैठक बोलाएर बहसको मूल विषयमा प्रबेश गर्नु पर्ने र महासमितिको निर्णय लिएर कांग्रेस गाउँगाउँ जानुपर्ने उनको सुझाव छ । तर, नेतृत्वमा यस खालको तयारी देखिएको छैन् ।
पार्टीका विभाग र समिति निर्माण हुनै सकेका छैनन् । भातृ एवं शुभेच्छुक संस्था गतिहीन बनाइएका छन् । मुलुकका सामु देखा परेका चुनौतीसँग जुध्न सक्ने कांग्रेस निर्माण त कता हो, पार्टी नेतृत्व स्वयं सत्ता पक्षकै वरिपरि घुमिरहेको छ । यो विषम परिस्थितिमा महासमिति बैठक डाकेर तमाम सदस्यहरुको उपस्थितिमा पार्टीलाई जीवन्त दिने विषयमा खुलेरै बहस गर्ने आँट नगर्ने हो भने आम लोकतन्त्रवादीले नेपाली कांग्रेसप्रति आशा राख्ने ठाउँ समेत समाप्त भएर जाने निश्चित भएको नेताहरु नै बताउँछन् ।
भ्रष्टाचार, हत्या हिंसा आतंक, महंगी, कालोबजारी जस्ता विषयमा कांग्रेस नबोलेको र कुनै कार्यक्रम समेत नबनाएकाले आज जनतामाकांग्रेसप्रति वितृष्णा जागेको उनीहरुको भनाइ छ । नीतिगत बाटोबाट हुने भ्रष्टाचार समेत संस्थागत हुँदै गएका छन् । यसले पनि पार्टीमा देखिएका कमीकमजोरीबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेला आएको छ । तर, नेतृत्व तहमा भएका नेताहरुमा जनताको भावना र परिवर्तनलाई आत्मसाथ गर्नसक्ने गरी कांग्रेस निर्माण गर्नसक्ने आँट देखिएको छैन् । उही देउवाले सुनाउने र महामन्त्रीले सुन्नेमा नै यो विषय सीमित हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार