व्हाट्स एपमा अब च्याट गोप्य राख्न सकिने
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १५:५७:२३
२ जेठ, काठमाडौं । मार्क जुकरबर्गले व्हाट्सएप वार्तालाई अझ सुरक्षित बनाउने उद्देश्यले नयाँ फिचर लन्च गरेका छन् । यो फिचरलाई ‘व्हाट्सएप च्याट लक’ फिचर भनिन्छ ।
ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘व्हाट्सएपमा नयाँ लक गरिएको च्याटले तपाईको कुराकानीलाई थप निजी अर्थात् अझ सुरक्षित बनाउनेछ ।’
जुकरबर्गले लेखेका छन्, ‘यो सुविधाले तपाइँको सबै व्यक्तिगत जानकारी पासवर्ड मार्फत सुरक्षित गर्नेछ। यसले यी सबै जानकारीलाई छुट्टै फोल्डरमा राख्नेछ। जब कसैले तपाईलाई सन्देश पठाउँछ र तपाईंले च्याट लक गर्नुहुन्छ, प्रेषकको नाम र सन्देश दुवै लुकाइने छ ।’
जुकरबर्ग भन्छन्, ‘यदि तपाईले च्याट लक गर्नुभयो भने, अब यो केवल पासवर्ड वा बायोमेट्रिक मार्फत देख्न सकिन्छ। यो सुविधाले च्याटलाई सूचनाहरूबाट पनि हटाउनेछ। अर्थात्, तपाईंले कसैसँग च्याट लक गर्नुभयो, त्यसपछि अरू कसैको हातमा फोन भए पनि तिनीहरूले त्यो देख्न सक्ने छैनन् । साथै, यस च्याटसँग सम्बन्धित कुनै सूचना आउने छैन ।’
जुकरबर्ग भन्छन् , यो फिचर ती व्यक्तिहरूका लागि फाइदाजनक छ, जसले आफ्नो फोन कुनै न कुनै कारणले अन्य व्यक्तिलाई दिन्छन् । फोन पनि परिवारका सदस्यहरूसँग साझा गर्नुपर्छ ।
यस्तो अवस्थामा उनको व्यक्तिगत कुरा सधैं गोप्य रहन्छ । मेटाका सीईओले यो च्याट लकमा फोनको लक कोड राख्नु आवश्यक नरहेको बताए । यो अलग सेट गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
पुष १८, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार