संसदमा प्रधानमन्त्रीको जवाफः ‘भारत भ्रमणमा देशको हितविपरीत कुनैपनि सम्झौता हुने छैन’
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १५:१२:४२
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविष्यमा हुने भारत भ्रमणमा देश र जनताको हितविपरीत कुनैपनि सम्झौता नहुने प्रष्टिकरण दिएका छन् ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्न’मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रम प्रचण्डले छिमेकी भारतसँग नेपालको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल भइरहेको जानकारी दिँदै निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणमा देशको हितविपरीत कुनै किसिमका सम्झौता नगरिने स्पष्ट पारे ।
एमालेका सांसद रघुजी पन्तले भारत भ्रमणमा नेपाली भूमि दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता ल्याउन वार्ता हुन्छ कि हुँदैन भन्ने प्रश्नमा प्रचण्डले आफ्नो एक इन्च पनि नछाड्ने र अरुको एक इन्च पनि भूमि नलिने सरकारको नीति रहेको बताए । सोही नीतिमा टेकेर भ्रमणमा भारतसँग छलफल हुने बताए ।
विश्वास दिलाउन चाहन्छु भने नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधीनतामा कुनै किसिमको सम्झौता वा कुनै भ्रम पर्न दिइने छैन’, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री प्रचण्डले सीमा विवादलगायत सन् १९५० को सन्धिदेखि यताका सबै असमान सन्धि पुनरावलोकनका दुवै देशका प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन बुझ्ने र बुझाउने विषयमा पनि भ्रमणमा छलफल हुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार